३० श्रावण २०८३, शनिबार | August 15, 2026

किसानलाई अनुदानमा आलुको बीउ वितरण



कञ्चनपुर । व्यावसायिक तरकारी खेतीमा संलग्न किसानलाई शुक्लाफाँटा नगरपालिकाले ५० प्रतिशत अनुदानमा उन्नतजातको आलुको बीउ वितरण गरेको छ । आलुखेतीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नगरपालिकाको कृषि विकास शाखाले एक सय २० किसानलाई एक सय क्विन्टल आलुको बीउ वितरण गरेको हो ।

वडा कार्यालयले तीन वर्षदेखि निरन्तररूपमा व्यावसायिक तरकारी खेतीमा संलग्न किसानको नाम छनोट गरी पठाएपछि सोही आधारमा आलुको बीउ वितरण गरिएको कृषि विकास शाखका प्रमुख करनसिंह बुढाऐरले बताए ।

“छनोटमा परेका नगरपालिकाको १२ वटै वडाका आठ किसानलाई एक क्विनटलका दरले आलुको बीउ वितरण गरेका छौँ”, उनले भने, “वडाका दुई जना किसानलाई आलुको मूल बीउ एक सय ५० दानाका दरले वितरण गरिएको छ ।” शिलबन्दी दरभाउ पत्रअनुसार खरिदकर्ताको छनोट गरी आलुको बीउ खरिद गरी किसानलाई वितरण गरिएको शाखा प्रमुख बुढाऐरको भनाइ छ ।

किसानलाई कार्डिनल, डिजिरे, जनकदेव, एमएस, खुमलटार रातो आलुको बीउ वितरण गरिएको छ । आलुको बीउ खरिदका लागि रु तीन लाख ६१ हजार रकम खर्च गरिएको छ । नगरपालिकाको वडा नं ३ को पिपलाडी, जोनापुर, वडा नं २ को लक्ष्मीपुर, वडा नं ४ को असैना, वडा नं ६ को कसरौल, वडा नं ८ को बेलडाँडी, वडा नं ९ को नौखरी, वडा नं ११ को कलुवापुर र वडा नं १२ को कालागौंडी क्षेत्रका किसानले व्यावसायिकरूपमा आलुखेती गर्दै आएका छन् ।

सबैभन्दा बढी बेलडाँडी, जोनापुर, पिपलाडी क्षेत्रका किसानले आलुखेतीलाई व्यावसायिकरूपमा गर्दै आएका छन् । कृषि विकास शाखाका अनुसार नगरपालिका क्षेत्रमा दुई सय हेक्टर क्षेत्रफलमा उन्नतजातको आलुखेती हुने गरेको छ । जसको उत्पादन प्रतिहेक्टर ११ मेट्रिक टन रहेको छ । उन्नत जातको आलुखेतीसँगै नगरपालिकामा एक सय हेक्टर क्षेत्रफलमा स्थानीय जातको आलुखेतीलाई किसानले निरन्तररूपमा अगाडि बढाउँदै अएका छन् । जसको उत्पादन छ दशमलव ५० मेट्रिक टन हुने गरेको छ ।

आलुखेतीलाई विगत एक दशकदेखि निरन्तररूपमा व्यावसायिकरूपमा गर्दै आएका नगरपालिकका वडा नं ३ का किसान चेतराज चौधरीले नगरपालिकाले अनुदानमा आलुको बीउ वितरण गरेर किसानको हौसला बढाएको बताउनुभयो । कृषि ज्ञान केन्द्रले पनि प्रत्येक वर्ष नगरपालिका क्षेत्रमा स्थानीय जातको आलुखेती गर्ने किसानलाई अनुदानमा आलुको बीउ र प्रविधिमा सहयोग पुर्याउँदै आएको छ । जिल्लामा सबैभन्दा बढी आलु उत्पादन हुने क्षेत्रका रूपमा शुक्लाफाँटा नगरपालिका परिचित रहेको छ ।

प्रकाशित मिति : १४ कार्तिक २०८०, मंगलबार  ९ : २५ बजे

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर

परराष्ट्रमन्त्रीद्वारा भारतीय स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले भारतको ८०औँ स्वतन्त्रता दिवसका अवसरमा