१ फाल्गुन २०८२, शुक्रबार | February 13, 2026

जुम्लामा जाडोले जनजीवन प्रभावित



जुम्ला । जुम्लाको न्यूनतम तापक्रम माइनसमा झरेसँगै जाडोले यहाँको जनजीवन प्रभावित भएको छ । हावापानी फिल्ड कार्यालय जुम्लाका अनुसार जिल्लाको न्यूनतम तापक्रम-२ दशमलव ६ डिग्री र अधिकमत तापक्रम १५ दशमलव ६ डिग्री सेल्सियस रहेको कार्यालय प्रमुख महेश शर्माले जानकारी दिए ।

तापक्रम माइनसमा झरेसँगै बिहान-बेलुका घरबाट बाहिर निस्कन कठिन भएको चन्दननाथ नगरपालिका-४ निवासी सरिता न्यौपानेले बताइन । एक सातादेखि बढेको चिसोले जिल्लाको जनजीवन प्रभावित भएको छ । चिसो बढेपछि अस्पतालमा बिरामीको सङ्ख्या पनि बढेको छ । चिसो बढेसँगै रुघाखोकीका बिरामीको चाप बढेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका निर्देशक पुजन रोकायले बताए ।

चिसोकै कारण यहाँका स्वास्थ्य केन्द्रलगायत प्रतिष्ठानमा ज्वरो, रुघाखोकी, दम, ‘कोल्ड डायरिया’का बिरामीको सङ्ख्या बढेका छन् । अहिले दैनिक दुई सयभन्दा बढी बिरामी उपचारका लागि प्रतिष्ठानमा आउने गरेका छन् ।

लगातार बढ्दै गएको जाडोबाट बालबालिका, वृद्ध र सुत्केरी महिला बढी प्रभावित भएका छन् । बालबालिका, वृद्धवृद्धा र सुत्केरी महिलामा रुघाखोकी, ज्वरो, दम, हातगोडा सुनिने, दुख्नेलगायत समस्या देखिएको तिला गाउँपालिको रारालिही स्वास्थ्यचौकीमा प्रमुख कमल रावतले बताए ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ७ : ३८ बजे

पेस्तोलसहित केयुर पुरी पक्राउ

काठमाडौं । चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट मेड इन युएसए लेखिएको पेस्तोल

देशको नेतृत्व गर्ने अवसर पाए ‘प्रोजेक्ट गभर्मेन्ट’ तयार छ : सभापति थापा

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले विज्ञहरूको सुझावका आधारमा

सुरक्षा संवेदनशीलता विश्लेषण गरी परिचालित हुन प्रहरी महानिरीक्षक कार्कीद्वारा निर्देशन

काठमाडौं । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आसन्न निर्वाचनको समयमा देखापर्नसक्ने

पूर्वराजा काठमाडौं आउँदा गोल्डेनगेट क्षेत्रमा दुर्गाप्रसाईं नेतृत्वमा प्रदर्शन, हवाई यात्रुलाई सास्ती

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह शुक्रबार झापाबाट काठमाडौं आइपुगेका छन्।

आइतबारसम्म मतपत्र छपाइ सकिने

भक्तपुर । आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका