९ श्रावण २०८३, शनिबार | July 25, 2026

किन रोए उत्तर कोरियाली नेता किम जोङ ?



प्योङयाङ । उत्तर कोरियाली नेता किम जोङ उनले हालैको एउटा घटनाको भिडियोमा आँसु पुछ्दै देशको घट्दो जन्मदरसँग जुध्न प्रयास गर्न आह्वान गरेको देखियो । सो क्रममा उनले महिलालाई बढी सन्तान जन्माउन आग्रहसमेत गरेका छन् ।

सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा उनी तल हेरेर आँसु पुछिरहेको देखिन्छ । कार्यक्रममा उपस्थित दर्शकमाझ धेरैले आँसु बगाएको पनि देखिएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार गत आइतबार प्योङयाङमा आमाहरूका लागि आयोजित एक कार्यक्रममा किमले भने, ‘जन्मदरमा आएको गिरावटलाई रोक्न र बच्चाहरूको राम्रो हेरचाह गर्नु हाम्रा सबै गृहकार्यका जिम्मेवारीहरू हुन्, जुन हामीले आमाहरूसँग काम गर्दा सम्हाल्नु पर्छ ।’ उनले राष्ट्रिय शक्तिलाई सुदृढ गर्नका लागि आमाहरूलाई पनि धन्यवाद दिए ।

किमले साे क्रममा भने, ‘जब मलाई पार्टी र राज्यको काम गर्न गाह्रो हुन्छ, म सधैं आमाको बारेमा सोच्दछु ।’

संयुक्त राष्ट्र जनसंख्या कोषले अनुमान गरेको छ कि २०२३ सम्म उत्तर कोरियामा प्रजनन दर वा महिलाबाट जन्मने बच्चाहरूको औसत संख्या १.८ हुनेछ । यो पछिल्ला दशकहरूमा प्रजनन दरमा देखा परेको ठूलो गिरावट हो ।

प्रकाशित मिति : २३ मंसिर २०८०, शनिबार  ८ : ४७ बजे

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा

आज हरिशयनी एकादशी : तुलसीको बिरुवा सारिँदै

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा

आजको मौसम : एक-दुई स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका

अख्तियारकोे बार्षिक समीक्षा सम्पन्न : उजुरीहरूमध्ये सबै भन्दा बढी स्थानीय तहसँग सम्बन्धित

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०८२/८३ को