८ माघ २०८२, बिहिबार | January 22, 2026

यू-१९ एसिया कप : जित्नै पर्ने दबाबका बीच अफगानिस्तानको सामना गर्दै नेपाल



काठमाडौं । यू-१९ एसिया कप क्रिकेटमा नेपालले आज (आइतबार) समूह चरणको दोस्रो खेल खेल्दै छ । दोस्रो खेलमा नेपालले अफगानिस्तानको सामना गर्दैछ ।

पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको नेपालले फाइनलसम्म पुग्ने सम्भावना जीवित राख्न आइतबार जित्नै पर्छ । नेपाल र अफगानिस्तानबीचको खेल, संयुक्त अरब ईमिरेट्स (यूएईस्थित) आईसीसी एकेडेमीको ओभल २ मैदानमा हुनेछ । खेल नेपाली समयानुसार बिहान ११:१५ बजेदेखि सुरु हुनेछ ।

नेपाल र अफगानिस्तान दुवै पहिलो खेलमा पराजित भएका थिए । शुक्रबारदेखि सुरु भएको एसिया कपको पहिलो खेलमा नेपाल पाकिस्तानसँग ७ विकेटले पराजित भएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले पाकिस्तानलाई १५३ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य पाकिस्तानले मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो ।

आफ्नो पहिलो खेलमा अफगानिस्तान पनि भारतसँग ७ विकेटले नै पराजित भएको थियो । पहिलो खेलमा पहिले ब्याटिङ गरेको अफगानिस्तानले भारतलाई जितका लागि १७३ रनको लक्ष्य दिएको थियो । जुन लक्ष्य भारतले मात्र ३ विकेट गुमाएर पुरा गर्‍यो ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : ५६ बजे

गृहमन्त्री अर्याल बने सरकारको प्रवक्ता

काठमाडौं । सरकारले प्रवक्ताको जिम्मेवारी गृहमन्त्री ओमप्रकाश अर्याललाई दिएको छ

जाँचबुझ आयोगको समय २० दिन थप

काठमाडौं । नेपाल सरकारले गत भदौ २३ र २४ गतेको

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले आफ्नो पदबाट

पूर्वी अस्ट्रेलियामा गोली हानाहान तीन जनाको मृत्यु

सिड्नी । अस्ट्रेलियाको पूर्वी राज्य न्यू साउथ वेल्स (एनएसडब्लु) सिड्नीको

फागुनको पहिलो साताभित्र सम्पूर्ण स्थानमा मतपत्र पुग्ने

काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुनको