२२ भदौ २०८३, सोमबार | September 7, 2026

यू-१९ एसिया कप : नेपालद्वारा अफगानिस्तान पराजित



काठमाडौं । संयुक्त अरब इमिरेट्स (युएई) मा जारी उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई एक विकेटले पराजित गरेको छ ।

दुबईको शारजाह क्रिकेट मैदानमा टस जितेर अफगानिस्तानले पहिला ब्याटिङ गर्दै ३५ दशमलव चार ओभरमा सवै विकेट गुमाएर एक सय २३ रन बनायो । एक सय २४ रनको लक्ष्य नेपालले ४१ दशमलव तीन ओभरमा नौ विकेट गुमाएर पुरा ग¥यो । नेपालका लागि नरेन साउदले सर्वाधिक २६, कप्तान हेमन्त धामीले २२, अर्जुन कुमालले २१, अभिषेक तिवारीले १३, आकाश त्रिपाठी र रोशन विश्वकर्माले समान नौ/नौ तथा सन्तोेष यादवले सात रन बनाए । नेपालले १२ अतिरिक्त रन प्राप्त गर्यो ।

बलिङतर्फ अफगानिस्तानका एएम गजानफर र खातिर स्टानिकजाईले तीन/तीन तथा अब्दुल अजिज र महबूब खानले एक÷एक विकेट लिए ।

यसअघि अफगानिस्तानका लागि एक सय २३ रन बनाउने क्रममा फैसल खानले सर्वाधिक ५२ रन जोडे । उनले ६७ बलमा चार चौका र दुई छक्का प्रहार गरे । खातीर खानले २६ बलमा १५ रन जोडे । अल्लाह गजान्फरले ११ तथा नासिर खानले १० रन बनाए ।

बलिङतर्फ नेपालका लागि युनिशविक्रम सिंह ठकुरी र सन्तोष यादवले तीन तीन तथा हेमन्त धामी र अभिषेक तिवारीले दुई दुई विकेट लिए ।

यसअघि नेपाल पहिलो खेलमा श्रीलङ्कासँग ५५ रन र दोस्रो खेलमा बङ्गलादेशसँग पाँच विकेटले पराजित भएको थियो । अफगानिस्तान यसअघि पहिलो खेलमा बङ्गलादेशसँग ४५ रन र दोस्रो खेलमा श्रीलङ्कासँग एक सय ३१ रनले पराजित भएको थियो । दुवै टोली एसिया कपबाट बाहिरिएका छन् ।

प्रकाशित मिति : १८ मंसिर २०८१, मंगलबार  ६ : ४४ बजे

भोटेकोशी बाढीका मृतकको सम्मानमा राष्ट्रिय झण्डा आधा झुकाइयो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा भदौ १० गते आएको विनाशकारी

निजी अस्पतालको नवीकरण अवधि ५ वर्ष बनाउन माग

बुटवल । लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकहरूले अस्पताल नवीकरणको वर्तमान

आज देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुनसक्ने

काठमाडौं । आज देशभर साधारणतया बदली रहने मौसम पूर्वानुमान गरिएको

ताप्लेजुङमा ‘ट्याक्टर’ दुर्घटनापछि खोलाले बगाउँदा दुई जना बेपत्ता

ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका-३ दोभान बजारस्थित मैवाखोलामा ट्याक्टर दुर्घटना

भेनियर उत्पादनसँगै स्थानीय रोजगारी बढाउँदै सुनौलो प्लाइ उद्योग

सुनसरी । घरको काम मिलाएर उद्योग आउँछु । कहिलेकाहीँ ११