६ जेष्ठ २०८३, बुधबार | May 20, 2026

राप्रपा नेपालको केन्द्रीय समिति बैठक आज, केछ एजेण्डा ?



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालको केन्द्रीय समिति बैठक आज बस्दैछ । काठमाडौंमा बैठक बस्ने भएको हो । बैठकमा अध्यक्ष कमल थापाले मुलुकको  पछिल्लो राजनीतिक परिस्थिति, पार्टीको वैचारिक, सांगठनिक र रणनीतिक कार्यदिशाका बारेमा राजनीतिक कार्यपत्र प्रस्तुत गर्ने छन् ।

बैठकमा राजसंस्था र हिन्दुराष्ट्र पक्षधर तथा संघीयता खारेजी चाहनेबीच मोर्चा निर्माण गरि जनआन्दोलनमा जाने कार्ययोजना समेत प्रस्तुत गरिने पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए ।

बैठकमा सचिवालय प्रमुख भाष्कर भद्राले सचिवालयको प्रतिवेदन, संगठन विभाग प्रमुख राजाराम बर्तौलाले संगठन सम्बन्धी प्रतिवेदन, कोषाध्यक्ष ज्ञानेन्द्र कार्कीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यतालिका रहेको छ ।

सोमबार दिउँसो उपत्यकास्तरीय वृहत कार्यकर्ता भेला गरि बैठक समापन हुने राप्रपा नेपालले जनाएको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ८ : ३१ बजे

हुम्लाको नेप्का गाउँमा पहिरोले विद्यालय भवन बगायो

हुम्ला । हुम्लाको चङ्खेली गाउँपालिका-५ नेप्का गाउँमा गएराति खसेको पहिरोले

नीति र कार्यक्रमको आलोकमा ऊर्जा क्षेत्रले आगामी बजेटमा खोजेको ‘डिपार्चर’

काठमाडौं । मुलुकको आर्थिक समृद्धिको प्रमुख आधार स्तम्भको रुपमा हेरिएको

झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती

स्याङ्जा । स्याङ्जाका दुई युवाले बाँझो रहेको जमिनको सदुपयोग गर्दै

मुलुकलाई ग्रे लिस्टबाट बाहिर निकाल्न सरकार प्रतिबद्ध छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी ‘ग्रे

धौलागिरि अस्पतालमा सर्पदंशको सफल उपचार

बागलुङ । धौलागिरी प्रादेशिक अस्पताल बागलुङमा सर्पदंशका बिरामीको सफल उपचार