६ जेष्ठ २०८१, आइतबार | May 19, 2024

ग्लोबल आइएमई बैंकद्वारा एकैसाथ ४ नयाँ शाखा सञ्चालनमा



काठमाडौ । ग्लोबल आइएमई बैंकले एकैसाथ ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

बैंकले काठमाडौको बूढानिलकण्ठ नगरपालिका–५, बूढानिलकण्ठ, काठमाडौँकै चन्द्रागिरी नगरपालिका–१३, दहचोक, चितवनको भरतपुर महानगरपालिका–८, शरदपुरमा र तनहूँको आबुँखैरेनी गाउँपालिका–३, आबुँखैरेनीमा नयाँ शाखा सञ्चालनमा ल्याएको हो ।
नयाँ शाखाहरुबाट आइतबारदेखि नै सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध हुनेछ । ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो ।

बैंकले ३५५ शाखा, ३७६ एटीएम, २७४ शाखा रहित बैंकिङ्ग सेवा, ६५ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट ४६ लाख भन्दा बढी ग्राहकहरुमाझ उत्कृष्ट सेवा प्रदान गरिरहेको छ ।
त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्याउँदै आइरहेको छ ।

प्रकाशित मिति : २४ मंसिर २०८०, आइतबार  ७ : २५ बजे

विदेशी हस्तक्षेपको अन्त्य हुनुपर्छ : महासचिव पोखरेल

दाङ । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले विदेशी हस्तक्षेपको अन्त्य

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारियो

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि सारिएको छ ।

टिओआरमा सहमति नभएसम्म संसद बैठक संचालन नगर्न सभामुखलाई विपक्षीको आग्रह

काठमाडौं । विपक्षी दलहरुले संसदीय छानबिन समितिको टिओआरमा सहमति नभएसम्म

कार्यदलमा अझै जुटेन सहमति, संसद बैठक अनिश्चित

काठमाडौंं । सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश (टिओआर)

ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सम्झौता, बीवाईडी गाडी किन्दा बैंकबाट सहज रुपमा कर्जा पाइने

काठमाडौं । ग्लोबल आइएमई बैंक र सिमेक्स इंकबीच सहजरुपमा विद्युतीय