१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

शतबीज छर्न देवघाटमा भक्तजनको घुइँचो



चितवन । बाला चतुर्दशीको अवसरमा तनहुँको प्रसिद्ध देवघाटधाममा शतबीज छर्न भक्तजनको घुइँचो लागेको छ । मङ्सिर कृष्णचतुर्दशीका दिन देवघाटमा आज शतबीज छर्न भक्तजनको घुइँचो लागेको हो । शतबीज छर्न आइतबारदेखि नै देवघाटधामा भक्तजनको भीड लागेको गाउँपालिकाका प्रवक्ता एवं देवघाट–५ का वडाध्यक्ष पूर्णबहादुर कुँवरले जानकारी दिए ।

उनले भने, “आज शतबीज छर्नका लागि हिजोेदेखि नै हजारौँ सङ्ख्यामा भक्तजन आइपुगेकाले यहाँको शान्ति सुरक्षाका लागि प्रबन्ध गरेका छौँ । ” शान्ति सुरक्षा कायम गर्न जिल्ला प्रहरी कार्यालयबाट सुरक्षाकर्मी थप गरिएको छ । उनले भने, “रातिको समयमा उज्ज्यालो बनाउन बत्तीको व्यवस्था र सवारी साधनको सहज व्यवस्थापनका लागि पार्किङको समेत व्यवस्था मिलाइएको छ ।”

प्रवक्ता कुँवरका अनुसार तनहुँका अतिरिक्त गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौँ, झापा, सुनसरी, मोरङलगायत जिल्लाबाट भक्तजन आएका छन् । देवघाटमा छरिने शतबीजको ठूलो महिमा रहेकाले पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका मानिस पितृहरूको उद्धारका लागि देवघाट आएका छन् ।

भक्तजनको सुरक्षाका लागि दमौली र चितवनबाट प्रहरीहरु थप गरिएको देवघाट इलाका प्रहरी कार्यालयका प्रहरी नायब निरीक्षक कृष्णबहादुर बानियाँले जानकारी दिए । त्रियोदशकीको साँझ देवघाटधाममा पितृजनको सम्झनामा रातभर जागाराम बसेर बत्ती बाल्ने र आज बाला चतुर्दशीका दिन शतबीज छर्ने गरिन्छ ।

शतबीज छर्नाले मृतकले जीवित अवस्थामा गरेका सम्पूर्ण पाप नाश हुने जनविश्वास छ । वर्षभरि दिवङ्गत भएका आफन्तका आत्माको चिरशान्तिको कामना गर्दै शतबीज छर्ने चलन छ ।शतबीजबाट उम्रेर आएको अन्न दिवङ्गतको आत्माले खान पाउने र कहिल्यै भोको बस्नु नपर्ने विश्वास रहिआएको छ । सोही कारण आफन्त नहुनेले जीवनकालमै शतबीज छर्ने चलन छ । बालाचतुर्दशीमा एक गेडा शतबीज छरे पनि एक टुक्रा सुन जति पुण्य प्राप्त हुने धार्मिक विश्वास छ ।

हरेक वर्ष मङ्सिर कृष्ण चतुर्दशीको बिहान सबेरैदेखि जौ, धान, कालो तील, गहुँ, तोरी, मास, सानो केराउ, लावा र मुला, ज्यामिर, सखरखण्ड, पिँडालु र हलेदोका टुक्रा शतबीजका रुपमा छर्ने गरिन्छ ।

प्रकाशित मिति : २५ मंसिर २०८०, सोमबार  १२ : ५३ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले