१ जेष्ठ २०८१, मंगलबार | May 14, 2024

यू-१९ एसिया कप : भारत विरुद्ध नेपालको कमजोर व्याटिङ, ५२ रनमा अलआउट



काठमाडौं। जारी एसीसी यू–१९ एसिया कपमा भारतविरुद्ध नेपाल ५२ रनमा अल आउट भएको छ ।

यूएईको दुबईस्थित आईसीसी एकेडेमी ओभल–२ मा जारी खेलमा टस हारेर ब्याटिङ गरेको नेपाल केवल २२.१ ओभरमा अल औअत हुदै ५२ रन मात्र बनाएको हो ।

यो यू–१९ टिमले एकदिवसीय क्रिकेटमा बनाएको अहिलेसम्मकै सबैभन्दा कम योगफल हो । यसअघि नेपालले सन् २००८ मा वेस्ट इन्डिजविरुद्ध ७४ रन मात्र बनाएको थियो ।

भारतविरुद्ध यस खेलमा नेपालका कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

नेपाललाई सस्तैमा समेट्न भारतका राज लिम्बानीले सात विकेट लिए । राजले ९.१ ओभर बलिङ गर्दै तीन मेडनसहित १३ रन दिएर ७ विकेट लिएका थिए । त्यसैगरी आरध्य शुक्लाले २ र अर्सिन कुलकर्णीले एक विकेट लिए ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  १ : ५१ बजे

बेलहियामा गोदाम बनाएर रुपन्देहीमा लागु औषध सप्लाई गर्ने महिला पक्राउ

बुटवल । रुपन्देही प्रहरीले रुपन्देहीको भैरहवामा लागु औषध सप्लाई गर्ने

कांग्रेसले नीति तथा कार्यक्रम अवरोध नगर्ने

काठमाडौं। नेपाली कांग्रेसले राष्ट्रपति रामचन्द्र पौडेलले प्रस्तुत गर्ने सरकारको नीति

पोखरीमा पानी सङ्कलन गरेर सागसब्जी फलाउँदै कैलालीका किसान

टीकापुर । कैलालीको चुरे गाउँपालिका–५ लिसवेली गाउँका किसान नजिकको मुहानबाट

सन्दीपको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । काठमाडौं जिल्ला अदालतको फैसलाविरुद्ध क्रिकेटर सन्दीप लामिछानेले उच्च

कैलालीमा एम्बुलेन्स दुर्घटना, भारतबाट उपचार गरेर फकिँदै गरेकी युवतीको निधन

धनगढी । कैलालीमा एम्बुलेन्स दुर्घटनामा परी एक युवतीको निधन भएको