४ पुस २०८२, शुक्रबार | December 20, 2025

राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ



काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराजलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र बनाएको आरोपमा गहतराजलाई आज प्रहरीले पक्राउ गरेको हो ।

स्नातक तहको ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका नक्कली कागजात बनाएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । नक्कली प्रमाणपत्र सम्पन्धमा उजुरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले गहतराजमाथि छानबिन थालेको थियो ।

एउटा पत्रिका दर्ता गर्ने प्रयोजनका लागि सूचना विभागमा पेश गरेको प्रमाण पत्र नक्कली रहेको पाइए पछि काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ । महान अभियान नामक पत्रिका दर्ता गर्नका उनले प्रमाणपत्र सहित सूचना विभागमा निवेदन दिएका थिए ।

उनले पशुपति क्याम्पस चाबहिलबाट स्नातक तह उत्तीर्ण गरेको भन्दै सूचना विभागमा पेश गरेको प्रमाण पत्रका बारेमा विभागले त्रिभुवन विश्व विद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा बुझ्दा त्यो प्रमाण पत्र को अभिलेखमा नभेटिएको जवाफ आएको प्रहरी श्रोतको दाबी छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : ३६ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको