३० श्रावण २०८३, शनिबार | August 15, 2026

राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराज पक्राउ



काठमाडौं । राष्ट्रिय ख्रिष्टियन महासंघ नेपालका अध्यक्ष चरीबहादुर गहतराजलाई प्रहरीले पक्राउ गरेको छ । नक्कली प्रमाणपत्र बनाएको आरोपमा गहतराजलाई आज प्रहरीले पक्राउ गरेको हो ।

स्नातक तहको ट्रान्सक्रिप्ट र माइग्रेसन लगायतका नक्कली कागजात बनाएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरी स्रोतले जनाएको छ । नक्कली प्रमाणपत्र सम्पन्धमा उजुरी परेपछि जिल्ला प्रहरी परिसर काठमाडौंले गहतराजमाथि छानबिन थालेको थियो ।

एउटा पत्रिका दर्ता गर्ने प्रयोजनका लागि सूचना विभागमा पेश गरेको प्रमाण पत्र नक्कली रहेको पाइए पछि काठमाडौंको टोलीले उनलाई पक्राउ गरेको बताइएको छ । महान अभियान नामक पत्रिका दर्ता गर्नका उनले प्रमाणपत्र सहित सूचना विभागमा निवेदन दिएका थिए ।

उनले पशुपति क्याम्पस चाबहिलबाट स्नातक तह उत्तीर्ण गरेको भन्दै सूचना विभागमा पेश गरेको प्रमाण पत्रका बारेमा विभागले त्रिभुवन विश्व विद्यालयको परीक्षा नियन्त्रण कार्यालयमा बुझ्दा त्यो प्रमाण पत्र को अभिलेखमा नभेटिएको जवाफ आएको प्रहरी श्रोतको दाबी छ ।

प्रकाशित मिति : २६ मंसिर २०८०, मंगलबार  ७ : ३६ बजे

चुनावपछि पहिलोपटक गृहजिल्ला झापा पुगे एमाले अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली शनिबार आफ्नो

India’s 80th Independence Day Celebrated in Kathmandu

Kathmandu, August 15, 2026: The 80th Independence Day of India

काठमाडौंमा भारतको ८०औँ स्वतन्त्रता दिवस मनाइयो

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले भारतको ८०औँ स्वतन्त्रता दिवस विभिन्न

उच्च अदालत पाटन बारमा मतदान जारी

काठमाडौं । उच्च अदालतहरूमध्ये सबैभन्दा बढी सदस्य भएको पाटन उच्च

नुवाकोटको शिवपुरी थानाभञ्ज्याङमा रोकिराखेको बस दुर्घटना, दुई जनाको मृत्यु तीन घाइते

नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिका–७ थानाभञ्ज्याङमा रोकिराखेको बस आफैं गुडेर