२ पुस २०८२, बुधबार | December 17, 2025

उजिर सिंह माविमा जिल्लास्तरीय छात्र भलिबल शुरु



बुटवल । उजिर सिंह माविको हीरक समारोह अन्तरगत जिल्ला स्तरिय यू-२० अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिता २०८० शुरु भएको छ ।

प्रतियोगिताको एक समारोहका बिच प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले समुद्घाटन गर्दै बुटवलमा लुकेर बसेका प्रतिभाहरुलाई प्रस्फुटन गर्ने गरि भलिबलको ट्यालेन्ट हन्टका रुपमा रहेको बताए । प्रदेशकै यु २० टिम तयार गर्न समेत प्रतियोगिताबाट सहयोग मिल्ने उनले दाबी गरे । खेल प्रतियोगिता एउटा फेलोसिप, भातृत्व विकास गर्ने रुपमा रहेको उनले बताए ।

कार्यक्रममा बुटवल खेलकुद विकास समितिका संयोजक बोनिन पियाले विद्यालयस्तरबाट खेललाई प्राथमिकतामा राख्न सके खेलाडी उत्पादनमा मद्यत मिल्ने बताए । बुटवलमा पुर्वाधार विकास र प्रतियोगितामा आफुहरुले जोड दिएको उनले बताए ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष बिमल बहादुर शाक्यले स्थानिय खेलप्रेमी, सहयोगदाताहरुको आर्थिक सहयोगमा प्रतियोगिता आयोजना गर्न सफल भएको बताए । कार्यक्रममा विद्यालयका प्रअ पदमराज ज्ञवाली, विशेष सल्लाहकार टेक बहादुर थापाले प्रतिभा प्रस्फुटनको महत्वपूर्ण पाटोका रुपमा हीरक महोत्सवमा विविध रचनात्मक कार्यक्रम आयोजना गरिएको बताए ।

यसैबिच बुधबार भएको मैत्रीपुर्ण उद्घाटन खेलमा आयोजक उजिर सिंह माविले जनज्योति माविलाई २-१ को सेटले जित निकालेका हो । प्रतियोगिता अन्तरगत नकआउट चरणको पहिलो खेलमा पशुपति मावि सैनामैनाले नविन मावि बुटवललाई २-० को सोझो सेटमा पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको छ ।

विद्यालयका खेल संयोजक यम प्रसाद श्रेष्ठले प्रतियोगिताको उपाधि विजेताले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि उपविजेता टिम नगद ७५ हजार, तृतिय टिमले ५० हजार रुपैया तथा सान्त्वना टिमले नगद २५ हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने उनले बताए । यसैगरि विधागत उत्कृष्ट खेलाडीहरुलाई समेत नगद तथा कपबाट पुरस्कृत गरिने उनले बताए । प्रतियोगितामा ३५ विद्यालयहरुले उपाधीका लागि प्रतिस्पर्धा गर्ने छन ।

प्रकाशित मिति : २७ मंसिर २०८०, बुधबार  ६ : ४४ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन