४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

जीपको ठक्करबाट प्रहरी जवानको मृत्यु, सहायक हवल्दार गम्भीर घाइते



नेपालगन्ज । बाँकेमा जीपको ठक्करबाट एकजना प्रहरी जवानको मृत्यु भएको छ । सोही जीपको ठक्करबाट प्रहरी सहायक हवल्दार गम्भीर घाइते भएका छन् ।

बाँकेको मदनचोकमा गएराती ११ः०५ बजेको समयमा भे१च ३४०७ नम्बरको बलेरो जीपले ठक्कर दिँदा प्रहरी जवान विशाल वलीको मृत्यु भएको र प्रहरी सहायक हवल्दार लालबहादुर बुढा घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मदनचोक प्रहरी बिटमा कार्यरत वली र बुढालाई डिउटी सकेर घर जान हिँडेको अवस्थामा बलेरो जीपले ठक्कर दिएको थियो । गम्भीर घाइते रहेका दुवैलाई कोहलपुर मेडिकल कलेजमा ल्याएकोमा वलीको मृत्यु भएको थियो । अर्का गम्भीर घाइते बुढाको कोहलपुरमा प्रारम्भिक उपचार गरेर थप उपचारका लागि काठमाडौ लैजाने तयारी भएको छ । प्रहरी जीप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  ९ : ४४ बजे

इन्टरपोलबाट रेड नोटिस जारी भएका दुई फरार युएईबाट पक्राउ

काठमाडौं ।  ज्यान सम्बन्धी कसूर मुद्दा र विद्युतीय कारोवार कसूर

गर्मी बढेकोबढ्यै अधिकतम तापक्रम ४० डिग्रीमाथि

काठमाडौं । नेपालमा मनसुन गतिविधि सक्रिय हुनुपूर्व निरन्तर गर्मी बढिरहेको

शुक्लाफाँटामा कृष्णसारको सङ्ख्या वृद्धि

कञ्चनपुर । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको हिरापुरफाँटामा संरक्षित कृष्णसारको सङ्ख्यामा वृद्धि

प्रतिनिधिसभाको बैठक जेठ ६ गते सम्मको लागि स्थगित

काठमाडौं । आज बस्ने भनिएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ

विद्यार्थी मृत फेला परेपछि आक्रोशित भिडद्वारा पटनाको स्कुलमा आगलागी

पटना । बिहारको राजधानी पटनास्थित एक विद्यालय परिसरको ट्याङ्कीभित्र एक