१८ श्रावण २०८३, सोमबार | August 3, 2026

युवाहरुमा देखिएका निरासा अन्त्य गर्न युवामैत्री निती, कानुन र योजना आवश्यक : सभामुख घिमिरे



बुटवल । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले युवाको पक्षमा कानुन बनाउन नेपालको संसद प्रतिबद्ध रहेको बताएका छन् । नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनको बुटवलमा उद्घाटन गर्दै सभामुख घिमिरेले युवाहरुमा देखिएका निरासा अन्त्य गर्न युवामैत्री निती, कानुन र योजना निर्माण गर्नुपर्ने बताएका छन ।

उनले जेसिजका कतिपय अभियानहरु राष्ट्रिय राजनीतिको भन्दा पनि उत्तम रहेको उल्लेख गर्दै जेसिजको मुल्य मान्यता अझै बढि पारिपालन गर्नुपर्ने आवश्यकता सबैमा रहेको बताए । सभामुख घिमिरेले जेसिजमा एक पटकमा एउटा पदमा मात्रै नेतृत्व गर्न पाउने परिपाटी अन्य संघ संस्था र राजनीतिमा पनि अनुकरणीय रहेको उल्लेख गरे ।

उनले १८ बर्षदेखि ४० बर्ष उमेर हद लागू गरिनु आफैमा राम्रो पक्ष भएको भन्दै नेपाली राजनीतिमा ६० बर्ष उमेर काटेपछि पनि युवा नेता भन्ने परिपाटीलाई जेसिजबाट पाठ सिक्नुपर्ने बताए ।‘राजनीतिमा जस्तो ६० काटेपछि पनि युवा नेता भन्ने यहाँ हुदैन, जुन हाम्रो पक्ष हो ।’ उनले भने ।

उनले युवाहरुमा उच्च शिक्षाको लागि, रोजगारीको लागि युवा विदेशीने परिपाटी रहेको भन्दै यस्तो परिपाटी रोक्नको लागि सबैले पहल गर्नुपर्ने बताए । युवाहरुको अन्तरिनिहत प्रतिभालाई पहिचान गरी सरकारले स्वदेशमा नै युवा शक्ति बस्न पाउने गरी व्यवस्था गर्नुपर्ने बताए ।

नेपाल जेसिजका पुर्व अध्यक्ष तथा महाधिवेसन निर्देशक जगतबहादुर पोखरेलले बोल्नेभन्दा पनि काम गर्ने परिपाटीको बिकास हुनुपर्ने बताए ।

बुटवल उपमहानरपालिका प्रमुख खेलराज पाण्डेयले बुटवल मा जेसिजको महाधिवेसनले राष्ट्रिय सन्देश दिएको बताए । युवावर्गले देश छाड्ने नभइ राजनीतिमा आउन उनको आग्रह छ ।

नेपाल जेसिजका राष्ट्रिय अध्यक्ष बिकास मानन्धर,प्रदेश सांसद भोजप्रसाद श्रेष्ठ, बिष्णु पन्थी, पत्रकार महासंघका अध्यक्ष बिपुल पोखरेल,पत्रकार ऋषि धमला, बुटवल शाखा अध्यक्ष हरिबिक्रम कुवर, लगायतले महाधिवेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

सो अबसरमा बुटवलको ५० औ वर्ष पुगेको अवसरमा प्रकाशित स्मारिका, नेपाल जेसीजको डिजिटल स्मारिका बिमोचन गरिनुका साथै १० जना उत्कृष्ट युवालाइ नगद सहित सम्मान गरिएको थियो । महाधिवेशनमा नेपाल जेसीजका १७८ शाखाबाट १ हजार २४६ प्रतिनिधि सहभागी रहेका छन् । जसको १ हजार ४७६ मतभार रहेको छ । पौष २ गते सम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व समेत निर्वाचित गर्नेछ ।

प्रकाशित मिति : २९ मंसिर २०८०, शुक्रबार  १० : २३ बजे

पच्चिस वर्षपछि ‘राष्ट्रिय यातायात नीति’ लागू

काठमाडौँ । सरकारले करिब २५ वर्षपछि राष्ट्रिय यातायात नीति संशोधन

मधेस केन्द्रित दलको नेतृत्वमा ‘अग्रगामी मोर्चा’ घोषणा हुँदै, जनार्दन शर्मापनि सहभागी हुने

काठमाडौं । मुलुकलाई अग्रगामी निकास दिन भन्दै काठमाडौँमा ‘अग्रगामी मोर्चा’

पक्राउ परेको २४ घण्टा नपुग्दै छुटे दुर्गा प्रसाईं

भक्तपुर । मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेको २४ घण्टा

कांग्रेसद्वारा तराई-मधेशमा भएका घटनाको न्यायिक समिति गठन गर्न माग

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले सुनसरी, सिरहा, धनुषा र

दश प्रतिशत निःशुल्क स्वास्थ्य सेवा कार्यान्वयनमा मन्त्रालयको जोड

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले १० प्रतिशत निःशुल्क