३० जेष्ठ २०८३, शनिबार | June 14, 2026

फिफा वर्ष खेलाडीका लागि मेसी, एम्बाप्पे र हालाण्ड मध्ये कस्ले मार्ला बाजी ?



काठमाडौं । फिफाको यस बर्षको उत्कृष्ट खेलाडी ‘द बेस्ट’ को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्बजनिक गरिए पछि कसले बाजी मार्ला भनेर काैतुहलता बढेकाे छ ।

फिफाकाे अन्तिम तीनमा इर्लिंग हालाण्ड, किलीयन एम्बाप्पे र लियोनेल मेसी परे पछि धेरैले मेस्सीकाे सम्भावना देखाएका छन । कारण, उनले गत वर्षकाे विश्वकप जिताउन ठुलाे भुमिका खेलका थिए ।

फिफाले हरेक वर्ष प्रदान गर्ने द बेस्टको उपाधि यस वर्ष आगामी जनवरी १५ मा प्रदान गर्दछ । फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्त २०२३ सम्मको प्रदर्शनलाई आधार बनाएर हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।

शुरुमा यस अवार्डका लागि १२ खेलाडी छनौट गरिएकोमा राष्ट्रिय टिमका कोच, कप्तान र फुटबल पत्रकार र फ्यानहरुको मतको आधारमा अन्तिम तीन खेलाडी छानिएको फिफाले जनाइसकेकाे छ । जसअनुसार यस अवधिमा हालाण्डले ३३ खेलमा २८ गोल गरेका थिए । उनले युरोपियन गोल्डेन बुट जितेका थिए भने प्रिमियर लिगको गोल्डेन बुट समेत जित्ने खेलाडी हुन । हालाण्डले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जिताए पछि उनकाे दावीलाइ कमजाेर ठानिएकाे छैन ।

लियन एम्बाप्पेले पिएसजीलाई लिग वानको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने फ्रान्सलाई फिफा विश्वकपको फाइनलमा पुर्याएकाे भनेर मनाेनित गरिएकाे जनाउँदै आइएको छ ।

त्यस्तै २०२२ को द बेस्ट अवार्डसमेत जितेका मेसीले यस अवधिमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए । उनी फिफा द बेस्ट अवार्डका प्रमुख दाबेदार मानिएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ३९ बजे

प्रहरी हिरासतमा रहेका थुनुवाको मृत्यु

सुर्खेत । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

अद्यावधिक छुटेका कांग्रेसका क्रियाशील सदस्यले असार २० गतेभित्र निवेदन दिन सक्ने

काठमाडौँ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता अद्यावधिक गर्न तोकिएको समयसीमाभित्र

अठार हजार बालबालिकामा शीघ्र कडा कुपोषण

काठमाडौँ । सरकारले सञ्चालन गरेको ‘राष्ट्रिय पोषण लेखाजोखा अभियान’ का

पाल्पामा ८४२ एचआइभी सङ्क्रमित : नियमित औषधि सेवन गर्ने ३५४ जना

तानसेन । जिल्लामा हालसम्म ८४२ जना ह्युमन इम्युनोडेफिसिएन्सी भाइरस (एचआइभी)

आइएमई २६ औँ वर्षमा, रेमिटेन्स सेवालाई सामाजिक-आर्थिक रूपान्तरणको माध्यम बनाउने प्रतिबद्धता

काठमाडौं। नेपाली रेमिटेन्स सेवाको पर्यायवाची बनेको ‘आइएमई’ ले स्थापनाको २६