१७ बैशाख २०८१, सोमबार | April 29, 2024

फिफा वर्ष खेलाडीका लागि मेसी, एम्बाप्पे र हालाण्ड मध्ये कस्ले मार्ला बाजी ?



काठमाडौं । फिफाको यस बर्षको उत्कृष्ट खेलाडी ‘द बेस्ट’ को अन्तिम मनोनयनमा परेका तीन खेलाडीको नाम सार्बजनिक गरिए पछि कसले बाजी मार्ला भनेर काैतुहलता बढेकाे छ ।

फिफाकाे अन्तिम तीनमा इर्लिंग हालाण्ड, किलीयन एम्बाप्पे र लियोनेल मेसी परे पछि धेरैले मेस्सीकाे सम्भावना देखाएका छन । कारण, उनले गत वर्षकाे विश्वकप जिताउन ठुलाे भुमिका खेलका थिए ।

फिफाले हरेक वर्ष प्रदान गर्ने द बेस्टको उपाधि यस वर्ष आगामी जनवरी १५ मा प्रदान गर्दछ । फिफाले १९ डिसेम्बर २०२२ देखि २० अगस्त २०२३ सम्मको प्रदर्शनलाई आधार बनाएर हरेक वर्ष यो अवार्ड प्रदान गर्ने गर्दछ ।

शुरुमा यस अवार्डका लागि १२ खेलाडी छनौट गरिएकोमा राष्ट्रिय टिमका कोच, कप्तान र फुटबल पत्रकार र फ्यानहरुको मतको आधारमा अन्तिम तीन खेलाडी छानिएको फिफाले जनाइसकेकाे छ । जसअनुसार यस अवधिमा हालाण्डले ३३ खेलमा २८ गोल गरेका थिए । उनले युरोपियन गोल्डेन बुट जितेका थिए भने प्रिमियर लिगको गोल्डेन बुट समेत जित्ने खेलाडी हुन । हालाण्डले म्यानचेस्टर सिटीलाई च्याम्पियन्स लिग, प्रिमियर लिग र एफए कप जिताए पछि उनकाे दावीलाइ कमजाेर ठानिएकाे छैन ।

लियन एम्बाप्पेले पिएसजीलाई लिग वानको उपाधि जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए भने फ्रान्सलाई फिफा विश्वकपको फाइनलमा पुर्याएकाे भनेर मनाेनित गरिएकाे जनाउँदै आइएको छ ।

त्यस्तै २०२२ को द बेस्ट अवार्डसमेत जितेका मेसीले यस अवधिमा अर्जेन्टिनालाई विश्वकपको उपाधि जिताएका थिए । उनी फिफा द बेस्ट अवार्डका प्रमुख दाबेदार मानिएका छन् ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ३९ बजे

वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई लियाे नियन्त्रणमा

वीरगन्ज । वीरगञ्जमा प्रहरीले गोली चलाएर एक जना अपराधीलाई नियन्त्रणमा

संस्कृतिमार्फत पर्यटन प्रवर्द्धनमा गङ्गाजमुना गाउँपालिका

धादिङ । धादिङको उत्तरी क्षेत्र गङ्गाजमुना गाउँपालिकाले संस्कृतिमार्फत आन्तरिक तथा

इलाम उपनिर्वाचन : कांग्रेसभन्दा एमाले २ हजार ६१८ मतले अगाडि

काठमाडौं । इलाम-२ उपनिर्वाचनमा नेकपा एमालेको अग्रता कायम छ ।

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।