१७ बैशाख २०८१, सोमबार | April 29, 2024

नयाँ स्वरूपमा क्लब विश्वकप आयोजना गर्ने फिफाको निर्णय



काठमाडौं। फुटबलको सर्वोच्च निकाय फिफाले क्लब विश्वकपको स्वरूप परिवर्तन गर्दै नयाँ तरिकाले आयोजना गर्ने घोषणा गरेको छ ।

यस अघि ६ कन्फेडेरेसनका च्याम्पियन्स लिग विजेताले भाग लिदै आएकोमा अब भने नयाँ स्वरूपमा क्लब विश्वकप संचालन हुने भएको हो ।

फिफाको काउन्सिल बैठकले २०२५ को जुन १५ देखि जुलाई १३ सम्म फिफा क्लब विश्वकपको आयोजना गर्ने निर्णय गरेको हो । यो क्लब विश्वकप अमेरिकामा आयोजना गरिने भएको छ ।

त्यसैगरी विश्वकपमा छनौट हुने मापदण्ड पनि फिफाले बनाएको छ । क्लब विश्वकपमा ६ वटै कन्फेडेरेसनका क्लबहरु प्रदर्शन र वरियताको आधारमा छनौट हुने भएका छन् । क्लब विश्वकपमा आयोजक देशको एक क्लबसहित ३२ क्लबले भाग लिने छन् ।

जसमा अफ्रिकाबाट चार क्लब, एशियाबाट चार क्लब, युरोपबाट १२ क्लब, उत्तर अमेरिका तथा क्यारेबियनबाट चार क्लब, ओसियानाबाट एक क्लब, दक्षिण अमेरिकाबाट चार क्लबले भाग लिने छन् । साथै एक क्लब आयोजक देशको हुने र त्यसको छनौट प्रक्रिया पछि सार्बजनिक गरिने फिफाले जनाएको छ ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  १० : ३९ बजे

स्याङ्जामा चक्कु प्रहार गरी युवकको हत्या

वालिङ । स्याङ्जामा चक्कु प्रहार गरी गए राति एक युवकको

इलामा-२ मा एमालेका सुहाङले कटाए १० हजार मत

इलाम। इलाम–२ मा मतगणनाको पछिल्लो परिणाम अनुसार नेकपा एमालेका सुहाङ

बझाङमा कांग्रेस उम्मेदवारलाई ८३ मतको अग्रता

बझाङ । बझाङ प्रदेश सभा क्षेत्र नम्बर १ (क) मा

ग्लोबल आइएमई बैंकको ग्लोबल ग्रीन आवास कर्जा, ८.९९ प्रतिशत स्थिर ब्याज दर

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ८.९९ प्रतिशत स्थिर ब्याजदरमा

तराईमा तातो हावाको लहर अझै बढ्ने

काठमाडौं । विगत केही दिनदेखि देशका अधिकांश भू–भागको अधिकतम तथा