१८ असार २०८३, बिहिबार | July 2, 2026

राष्ट्रपति रनिङ शिल्डको उपाधि प्रकाश माविलाई



म्याग्दी । म्याग्दी सदरमुकाम बेनीमा आज सम्पन्न बेनी नगरपालिका स्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको उपाधि साविक विजेता प्रकाश माविले जितेको छ । प्रतियोगितामा २२ स्वर्ण र पाँच रजत पदक प्राप्त गर्दै प्रकाश माविले उपाधि चुमेको हो । उपाधि विजेता प्रकाश माविलाई रु ५१ हजार, रनिङ शिल्ड र प्रमाणपत्रद्वारा पुरस्कृत गरिएको छ ।

यस्तै प्रतियोगितामा पाँच स्वर्ण, १० रजत र दुई कास्य पदकसहित न्यू वेष्ट प्वाइन्ट आवासीय मावि दोस्रो तथा दुई स्वर्ण, एक रजत र दुई कास्य पदकका साथ माउण्ट एभरेष्ट आवासीय मावि तेस्रो भयो । दोस्रो र तेस्रो हुने विद्यालयले क्रमश रु ४० हजार र रु ३० हजार पुरस्कार प्राप्त गरे । प्रतियोगितामा २५ विद्यालय सहभागी थिए ।

बेनी नगरपालिकाका प्रमुख सुरत केसी, उपप्रमुख ज्योति लामिछाने, शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख दलबहादुर थापा, प्रतियोगिताका संयोजक एवं सामाजिक विकास समितिका संयोजक चक्र केसी, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष दिनेश केसीलगायतले पुरस्कार वितरण गरे । विद्यालय तहमा रहेका खेल प्रतिभाको पहिचान गर्न प्रतियोगिताबाट मद्दत पुगेको नगर प्रमुख केसीले बताए ।

तीन दिनसम्म सञ्चालन भएको सो प्रतियोगितामा भलिबल, एथलेटिक्स, कबड्डीलगायत खेलमा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ५ : ४० बजे

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६

कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका