१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

लुम्बिनीमा विश्वशान्ति धाम निर्माणको पुन सुरुवात, बुद्ध जन्मस्थललाई अन्तराष्ट्रियकरण गर्न थप सघाउ पुर्याउने विश्वास



लुम्बिनी । बुद्ध जन्मस्थल लुम्बिनीमा विश्वशान्ति धामको निर्माण कार्य पुन सुरवात भएको छ । शनिवार एक समारोहबीच धाम निर्माणको पुन सुरुवात गरिएको हो ।

विश्व शान्ति धाम निर्माणमा सक्रिय महागुरु श्याल्पा तेन्जिग रिन्पोछे, लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामा, अमेरिकन दुतावासका प्रवक्ता जेहरा नाक्वीले ढुंगा बिच्छाएर पुन सुरुवात गरेका थिए । त्यसपछि उपस्थित सबैजना पालैपालो श्रमदानमा सहभागी भएका थिए ।

समारोहमा गुरु रिन्पोछेले कोभिड अघि निर्माण सुरु गरेको रोकिएको काम पुन सुरुवात गरिएको बताए । नेपाल भौतिक रुपमा कमजोर भएपनि संसारको सबै भन्दा धनि हुने श्रोत रहेको भन्दै त्यसलाई उपयोग गर्नुपर्ने धारणा राखे। करोडौं विदेशीहरु बुद्धको धर्मको लागि ललायीत भएको भन्दै उनले यसबाट नेपालले ठूलो आर्थिक लाभ लिन सक्ने बताए ।

लुम्बिनी विकास कोषका कोषाध्यक्ष डा. ल्यारक्याल लामाले निर्माण हुन लागेको विश्व शान्ति धामले लुम्बिनीलाई अन्तराष्ट्रियकरण गर्न ठूलो सघाउ पुर्याउने उल्लेख गरे ।

यो आयोजना लुम्बिनीको लागि मात्र नभई संसारकै लागि शान्तिको प्रतिक बन्ने उनको भनाइ छ । लामाले यस्ता आयोजना सम्पन्न गर्न सजिलो नभएको भन्दै बुद्धधर्मप्रति आस्था राख्नेहरुको सहयोगबाट यो निर्माण हुने बताए ।

नेपालको लागि अमेरिकन राजदुतावासकी प्रवक्ता जेहरा नाक्वीले अमेरिकी नागरिकहरुलाई लुम्बिनीको ऐतिहासिकता र बुद्ध धर्मको महत्वबारे बुझ्न सघाउ पुर्याएको उल्लेख गरिन् । विभिन्न विश्वास र धर्मका मानिसबीच करुणा र मेलमिलाप ल्याउन बुद्धका दर्शन र उपदेशको महत्व रहेको उनको भनाइ छ ।

कार्यक्रममा पाटाका अध्यक्ष सुनिल शाक्य, गुरु रिन्पोचेका अनुयायी तथा अन्तराष्ट्रिय अभियान्ता माइकल संङ्ग र जेम्स स्टरलिंक लगायतले बोल्दै विश्व शान्तिधाम निर्माणले बुद्ध धर्म र दर्शनको महत्व अझ बढ्ने उल्लेख गरे ।

३४ सय बर्गमिटर क्षेत्रफलमा र ४४ मिटर उचाइको विश्व शान्ती धाम ३ बर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ५ : ४४ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary