३० चैत्र २०८२, सोमबार | April 13, 2026

प्रोस्टेट, मृगौला र मुत्ररोगको निशुल्क शिविर



बुटवल । बुटवल उपमहानगरपालिका नयागाउस्थित लायन्स क्लब अफ बुटवल सिद्धबाबाको सचिवालय परिसरमा मृगौला, प्रोस्टेट र मुत्ररोगको नि:शुल्क शिविर गरिएको छ । लायन्स क्लब अफ बुटवल सिद्धबाबाको आयोजना, लायन्स क्लब अफ बुटवल सनसाईनको सहकार्यमा पहिलोपटक निशुल्क भिडियो एक्सरे, मधुमेह, पिसाब परिक्षण शिविर तथा औषधी वितरण गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै लायन्स डिष्ट्रिट ३२५ पि पिएमजेएफ अर्जुनमान सैजुले सानोसानो सहयोग जुटाएर समुदायमा शिक्षा, स्वस्थ्य र सचेतनाका काम गर्दै आएको बताए । पानासिया स्वस्थ्य क्लिनिकको प्राविधिक सहयोगमा चिकित्सकहरु वरिष्ठ युरोसर्जन डा बिरेन्द्र कुमार यादव, रेडियोलोजिस्ट डा सुरेन्द्र रायमाझी, फिजिसियन डा पाताल गिरि लगायत डेढ दर्जन चिकित्सक, फार्मेसिस्टहरुको सहयोग गरेका थियो ।

कार्यक्रममा क्लबका अध्यक्ष तथा शिविरका संयोजक नारायण तिवारीले प्रत्येक महिना क्लब सचिवालयमा निशुल्क शिविर चलाउदै आएको बताए । क्लबको यो महिना विशेष शिविर अन्तरगत मृगौला, प्रोस्टेट र मुत्ररोगको निशुल्क शिविर चलाईएको उनले बताए । एकसय बढिको भिडियो एक्सरे तथा एक सय ५० जना बिरामीको जाँच र औषधी वितरण गरिएको उनले बताए ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका शिक्षा महाशाखाका प्रमुख मित्रमणी खनाल, लायन्सका पिडिजि महेन्द्रनारायण श्रेष्ठ, क्लबका संस्थापक अध्यक्ष रामप्रसाद बन्जाडे, पुर्वअध्यक्ष टंक प्रसाद गैरे, सदस्य डिबि खत्री, सचिव डोलराज बश्याल, सनसाईनका अध्यक्ष प्रभा सापकोटा, क्वेस्ट फामाच्यटिकल्सका सुजल केसी, ब्लु क्रस फार्माच्यटिकल्सका विष्णु खाम्चाले स्वस्थ्य शिविरलाई निरन्तर चलाउदै लैजाने योजना बनाउन जरुरी रहेको बताए । क्वेस्ट फार्माच्यटिकल्स प्रालि र ब्लु क्रस फार्माच्यटिकल्स प्रालिबाट औषधि सहयोग भएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ६ : ४८ बजे

प्रधानमन्त्री शाह र बागमती प्रदेशका सांसदहरूबीच छलफल

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले बागमती प्रदेशबाट निर्वाचित प्रतिनिधिसभा सदस्यहरूसँग

छात्रवृत्ति विवरण सार्वजनिक गर्न विद्यालयलाई शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निजी तथा सार्वजनिक

गृहमन्त्री गुरुङ र चिनियाँ राजदूत माओमिङबीच भेट

काठमाडौं । गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र

सर्वसुलभ शुल्कमा दन्त सेवा दिँदै बुटवलको आधुनिक समाज डेन्टल केयर

बुटवल । बुटवल पुष्पलाल पार्कस्थित आधुनिक समाज डेन्टल केयर प्रालिले

सभामुख अर्यालद्वारा पूर्वसभामुखसँग छलफल

काठमाडौं । प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले संसदीय अभ्यास र प्रणालीका