१२ श्रावण २०८१, शनिबार | July 27, 2024

एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्छ : अध्यक्ष ओली



पाँचथर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी २०८४ मा हुने निर्वाचनबाट एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने दाबी गरेका छन ।पाँचथरको फिदिममा झुलाघाट चिवाभन्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा, २०८० को बहृत् जनसभालाई आज सम्बोधन गर्दै उनले उक्त दाबी गरेका हुन ।

अध्यक्ष ओलीले अब भाँडाकुटी खेलजस्तो हाडाभाँडा बुटुलेर सरकार सञ्चालन गर्दा जनताले आहातमात्रै पाउने भन्दै अब मिसन-८४ नै सञ्चालन गरी एमालेले एकल बहुमत पुर्याएर सरकार सञ्चालन गर्ने बताए ।

पूर्व प्रधानमन्त्री ओलीले सडकबाट कराएर मात्रै आफ्ना माग पूरा गर्न नसकिने बताउँदै विमतिका बीचमा पनि सहमति खोज्न कोशी प्रदेशविरुद्ध आन्दोलनरत पहिचान पक्षधरलाई आग्रह गरे ।

यस्तै उनले तमोर जलासयबाट बृहत् हाइड्रो निर्माण गरी मुलुकलाई उज्यालो बनाउनुपर्ने र नेपालमा खपतपश्चात उभ्रिएको विद्युत् विदेश निर्यात गर्नुपर्ने तर सरकारले गर्न नसकेको प्रति दुःख व्यक्त गरे । अध्यक्ष ओलीले भोलि बिहान पाँचथरको चिवाभन्ज्याङ पुगेर झण्डोत्तलन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : ०७ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्