१ फाल्गुन २०८२, शुक्रबार | February 14, 2026

पुराना वामपन्थी नेता शर्माको ‘इतिहासलाई फर्केर हेर्दा’ पुस्तकको पुर्वप्रधानमन्त्री डा. भट्टराईद्वारा विमोचन



बुटवल । पुराना बामपंथी नेता विष्णुहरि शर्माद्वारा लिखत इतिहासलाई फर्केर हेर्दा पुस्तकको विमोचन भएको छ । पुस्तकको पुर्व प्रधानमन्त्री तथा समाजवादी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले बुटवलमा शनिवार आयोजित एक कार्यक्रममा बिमोचन गरेका हुन् ।

शर्मा पुर्वप्रधानमन्त्री डा. भट्टराईका सहपाठी तथा नेपाल समाजवादी नेपालका केन्द्रिय सल्लाहकार समितिका अध्यक्ष समेत हुन् । विमोचन तथा पुस्तकको समिक्षा कार्यक्रममा बोल्दै पुर्व प्रधानमन्त्री डा. भट्टराईले लेखक विष्णुहरिलाई आफुले २०३५ सालदेखी नै चिनेको र औपचारिक शिक्षा त्यति धेरै प्राप्त नगरे पनि अत्यान्तै शिर्जनशिल र अन्तरनिहित बौद्धिक क्षमता हुनुका साथै समाजसगँङ जोडिन सक्ने विशेष क्षमता रहेको बताए ।

पुस्तकमा उल्लेखित विषयहरु सिद्धान्तको लागि सिद्धान्त र तर्कको लागि तर्क नभएर व्यवहारसङ जोडिएका समकालीन राजनीतिका विषयहरु समाबेश भएको पुर्वप्रधानमन्त्री डा. भट्टराईले बताए । विष्णुहरि शर्माका लेखहरु सिद्धान्तलाई व्यवहारसँग जोड्ने हिसाबले आउने गरेको बताए । समिक्षा कार्यक्रममा बोल्दै लेखक शर्माले पुस्तकमा आफुले सकेसम्म देशको अहिलेको अवस्थाको बारेमा उल्लेख गर्ने प्रयास गरेको बताए ।

पुस्तक बिमोचन तथा समिक्षा कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य बामदेव क्षेत्री, वशिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं, विष्लेशक मनिकर कार्की, लेखक ऋषि आजाद, मदन पौडेल, गुरुदत्त ज्ञवाली लगायतले बोल्दै पुस्तकमा वर्तमान अवस्थाको बिकृती र विसङगतिका कुराहरु गम्भीर रुपमा उठान गरिएको बताएका थिए । पुस्तक विमोचन तथा समिक्षा कार्यक्रम कमल खनालको अध्यक्षता र विमल गिरीको सन्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति : ३० मंसिर २०८०, शनिबार  ७ : ५६ बजे

महिला मतदाता कम हुनुको कारणबारे अध्ययन हुन्छ : प्रमुख निर्वाचन आयुक्त भण्डारी

काठमाडौँ । कार्यवाहक निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले कूल मतदाता सङ्ख्यामा

राष्ट्रपति पौडेलद्वारा महाशिवरात्रिमा साधुसन्तलाई प्रदान गरिने सामग्री सङ्कल्प

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले महाशिवरात्रिका अवसरमा पशुपतिनाथ दर्शनमा आउने

‘बाँकेको क्षेत्र नम्बर २ मा जितको नजिक पुगिसकेका छौं’ : कांग्रेस उम्मेदवार कोइराला

नेपालगन्ज । नेपाली कांग्रेसका युवा उम्मेदवार शुधान्सु कोइरालाले बाँके क्षेत्र

प्रधानमन्त्री कार्कीद्वारा बङ्गलादेश सरकार र जनतालाई बधाई

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले १३औँ संसदीय निर्वाचन सफलतापूर्वक सम्पन्न

New Chinese Ambassador Zhang Maoming Pledges to Deepen Strategic Partnership and Advance Shared Future Community

Kathmandu : Zhang Maoming, the newly appointed 23rd Ambassador Extraordinary