५ जेष्ठ २०८३, मंगलबार | May 20, 2026

जेसीजको ५० औ महाधिवेशन : नयाँ नेतृत्वको लागि मतदान सुरु



बुटवल । बुटवलमा जारी नेपाल जेसीजको ५० औँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्वको लागि मतदान सुरु भएको छ । बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रमा जारी महाधिवेशनको अन्तिम प्रक्रिया अन्तर्गत मतदान सुरु भएको हो ।

एकजना अध्यक्ष पदका लागि चारजना उम्मेदवार छन् । विद्युतिय मेसिनमा भोटिङ्ग सुरु गरिएको हो । अध्यक्ष पदका लागि रविन पोखरेल ,रजनी थापा, विजय गुरुङ्ग र रश्मी सिल्पकार चुनाबी मैदानमा रहेका छन् । यस्तै राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष ४ जनाका लागि लागि ९ जना चुनावी मैदानमा छन् ।

राष्ट्रिय कार्यकारीणी उपाध्यक्षमा कृष्ण सापकोटा, अनुपन सुनवार, बिर बहादुर बेघा बिरु, सन्दीप अग्रहरी, राजाराम गौतम, गुरुदेव पौडेल, सोनी श्रेष्ठ, चिरन्जीवी शर्मा, भिम बहादुर कुँवर राजु चुनावी मैदानमा रहेका छन् ।यस्तै राष्ट्रिय उपाध्यक्ष १२ जनाका लागि २२ जना मैदानमा छन् । महाधिवेशनबाट राष्ट्रिय अध्यक्षमा १ जना, राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा ४ जना र राष्ट्रिय उपाध्यक्ष पदको लागि १२ जना निर्वाचित हुने मुख्य निर्वाचन अधिकृत सुरेन्द्र कुमार महतोले जानकारी दिए ।

नेपाल जेसीजमा २१ सदस्यीय कार्यसमितिमा १७ जना निर्वाचित,३ मनोनित १ जना पदेन रहने ब्यवस्था रहेको छ । निर्वाचनको लागि रामलक्ष्मण विद्युतीय भोटिङ्ग मेसिनको प्रयोग गरिएको छ ।

कुल मतदाता १०३२ जना रहेकोमा बिधानमा भएको ब्यवस्था अनुसार मतभार भने करिब १ हजार ३ सय बराबर हुने जेसीजका पूर्व अन्तराष्ट्रिय उपाध्यक्ष अनुपमान सैँजूले जानकारी दिए ।मतदान करिब ३ घण्टामा सकिने र मतदान सकिएपछिको १ घण्टाभित्रै नतिजा घोषणा गर्ने तयारी निर्वाचन समितिले गरेको छ ।

प्रकाशित मिति : १ पुस २०८०, आइतबार  ८ : १८ बजे

रास्वपा प्रथम महाधिवेशन : रास्वपाले तोक्यो नेताहरुको जिम्मेवारी (सूचीसहित)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्री महाधिवेशनको पूर्व तयारी

एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय

काठमाडौँ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन

तेत्तिसौँ प्रधानन्यायाधीश डा. शर्माको आजै नियुक्ति, शपथ र पदबहाली

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडलले नेपालको ३३औँ प्रधानन्यायाधीशमा सर्वोच्च अदालतका

प्रहरीको तीनवर्षे रणनीतिक योजना सार्वजनिकः नागरिक केन्द्रित र प्रविधिमैत्री सेवा प्राथमिकतामा

काठमाडौँ । नेपाल प्रहरीले नागरिक केन्द्रित प्रहरी सेवा र प्रविधिमैत्री

देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै दायर रिटमा भएन अन्तरिम आदेश

काठमाडौं । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा दम्पत्तिलाई पक्राउ नगर्न माग गर्दै