३ जेष्ठ २०८१, बिहिबार | May 17, 2024

उपाध्यक्ष डा. लामा र जापानी राजदुत युताकाविच भेटवार्ता



लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा. ल्हारक्याल लामा (खेन्पो छिमे) र नेपालका लागि जापानी राजदूत किकुता युताकाबीच सोमबार भेटवार्ता भएको छ ।

भेटमा बुद्धजन्मस्थल लुम्बिनीको धार्मिक, ऐतिहासिक र पुरातात्विक विकास एंव लुम्बिनी गुरुयोजना लगायतका बिषयमा उपाध्यक्ष डा. लामा र राजदुत किकुताबीच छलफल भएको थियो ।

उपाध्यक्ष डा. लामाले बुद्धजन्मस्थल लुम्बिनी विश्वशान्तिको केन्द्र भएको बताउँदै यसको विकासका लागि जापानसँग कोषले सहकार्य गरेर अगाडि बढ्न चाहेको बताए । सन् १९७८ मा जापानिज बास्तुकलाविद् केन्जो टाङ्गेले तयार पारेको लुम्बिनी गुरुयोजना कार्यान्वयनका सम्बन्धमा पनि राजदूतसँग उपाध्यक्ष लामाले छलफल गरे ।

भेटमा राजदुत युताकाले विश्वभरका बौद्धमार्गी र शान्तिका अनुयायीहरुको पवित्र स्थल लुम्बिनी भएकाले यसको विकासमा सहकार्य गर्न जापन सदैव तयार रहेको बताए । दोस्रो विश्वयुद्धपछि जापानमा भएको नरसंहारपछि आफूहरु शान्ति, अहिंसाको मार्गमा रहेकाले आफुहरुका लागि लुम्बिनी पवित्र स्थल रहेको राजदुतले बताए ।

भेटमा दुईदेशविचको मित्रवत सम्बन्ध, बुद्धजन्मस्थल लुम्बिनीका बारेमा जापानमा प्रचार प्रसार गर्न र लुम्बिनीको विकासका सम्बन्धमा सहकार्यका बिषयमा समेत छलफल भएको थियो ।

राजदुत किकुतालाई उपाध्यक्ष डा. लामा सहित कोषाध्यक्ष सिद्धिचरण भट्टराई, सदस्य सचिव सानुराजा शाक्य लगायतले स्वागत गरेका थिए । राजदुत सहितको टोलीले मायादेवी मन्दिर, शान्तिदीप लगायतका क्षेत्रको भ्रमण पनि गरेका थिए ।

यस्तै सोमबार नै जर्मन राजदुताबासका डेपुटी हेड अफ मिसन डा. स्टेफान रुसकलाई पनि कोषले स्वागत गरेको थियो ।

प्रकाशित मिति : २ पुस २०८०, सोमबार  ७ : १४ बजे

पर्यटकीयस्थल रारामा प्लास्टिकजन्य वस्तु छोड्न नपाइने

मुगु । सुन्दर पर्यटकीयस्थल रारा घुम्ने पर्यटकले अब प्लास्टिकजन्य वस्तु

पत्रकार महासंघका पूर्व महासचिव केसीकी आमाको निधनको शोकमा श्रद्धाञ्जली सभा

नेपालगन्ज । नेपाल प्रेस युनियनका नेता, नेपाल पत्रकार महासंघका पूर्व

संसद् कांग्रेसको तरुण क्लब होइन : योगेश भट्टराई

काठमाडौं । सत्तारूढ दल नेकपा (एमाले)का सांसद योगेश भट्टराईले संसद्‌लाई

कांग्रेसले बोलायो संसदीय दलको बैठक

काठमाडौं । नेपाली कांग्रेसले शुक्रबार बिहान बस्ने गरि संसदीय कार्यसमिति

सभामुखका कारण संसदमा अप्रिय अवस्था निम्तियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सभामुख देवराज घिमिरेका