१६ बैशाख २०८१, आइतबार | April 28, 2024

स्वास्थ्य चौकीलाई २० लाखको एम्बुलेन्स



वीरगञ्ज । हिमालयन डिष्टिलरीले वीरगञ्ज महानगरपालिका-२१ स्थित लिपनीबिर्ता स्वास्थ्य चौकीलाई एम्बुलेन्स प्रदान गरेको छ ।

वडा कार्यालयमा सोमबार आयोजित एक कार्यक्रममा पूर्वमन्त्री तथा प्रतिनिधिसभा सदस्य प्रदीप यादवले स्वास्थ्य चौकीलाई एम्बुलेन्सको साँचो हस्तान्तरण गरे । वडा नं २१ का वडाध्यक्ष राधाकृष्ण रौनियारको अध्यक्षतामा आयोजित एम्बुलेन्स हस्तान्तरण कार्यक्रममा पूर्वमन्त्री यादवले उद्योगी व्यवसायीले सामाजिक कार्यमा लगानी गर्नु सकारात्मक पक्ष रहेको बताए ।

कार्यक्रममा पूर्ववडाध्यक्ष हबिब मियाँ, हिमालयन डिष्टिलरीका महाप्रबन्धक नवीनकुमार उपाध्याय, लिपनीबिर्ता स्वास्थ्य चौकीका प्रमुख रामेश्वर रामलगायतको उपस्थिति थियो ।

समाजिक सेवाको उद्देश्यले बिरामीलाई अस्पताल पु¥याउन सहज होस् भन्ने उद्देश्यले रु २० लाखको एम्बुलेन्स स्वास्थ्य चौकीलाई प्रदान गरिएको महाप्रबन्धक उपाध्यायले बताए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : २९ बजे

प्रधानमन्त्रीको दाबी – ९८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच पुगिसक्यो

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ९८ प्रतिशत जनसंख्या विद्युतको पहुँच

बझाङमा दोब्बर मतले एमालेको अग्रता कायमै

चैनपुर । बझाङ प्रदेशसभा १ मा प्रदेशसभा सदस्यका लागि भएको

नाइजेरियामा दादुराका कारण १९ बालबालिकाको मृत्यु

अबुजा । नाइजेरियाको उत्तरपूर्वी राज्य अदामावामा दादुरा सङ्क्रमणबाट हालसम्म कम्तीमा

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको