१६ बैशाख २०८१, आइतबार | April 28, 2024

वायुसेवा निगमको आम्दानी तीन वर्षमा दोब्बर



काठमाडौं । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आम्दानी गत तीन वर्षमा दोब्बरभन्दा बढीले वृद्धि भएको छ ।

महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवेदनअनुसार निगमको कूल आम्दानी आव २०७७/७८ मा रु नौ अर्ब १० करोड ९७ लाख ३१ हजार आठ सय ४५ रहेको थियो । आव २०७८/७९ मा रु १६ अर्ब ४६ करोड ३२ लाख ६० हजार तीन सय ३३ रहेको निगमको आम्दानी आव २०७९/८० को प्रारम्भिक कूल आम्दानी रु २२ अर्ब २४ करोड १९ लाख ७८ हजार देखिएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । निगमले गत तीन वर्षको आम्दानीमा एक सय १४ प्रतिशतले वृद्धि गरेको पनि जनाएको छ ।

विगत आठ वर्षदेखि निगमसँग अन्तर्राष्ट्रियतर्फ चार र आन्तरिकतर्फ दुई जहाज उडानमा रहेका छन् । निगमसँग उपलब्ध भएका जहाज तथा साधन स्रोतको उचित उपयोग गरेर यो उपलब्धि हासिल गर्न सफल भएको निगमले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ । साथै हालको बजार मागअनुरुप प्रतिस्पर्धी बजारमा आम्दानी बढाउनका लागि निगमलाई पर्याप्त मात्रामा जहाजको कमी रहेकाले आवश्यक कार्ययोजनाका साथ अघि बढ्ने पनि निगमले उल्लेख गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ८ : २५ बजे

नेपाल वेस्ट इन्डिज ए सँग १० रनले पराजित

काठमाडौं। वेस्ट इन्डिज ए ले नेपाललाई पराजित गरेको छ ।

इलाम-२ मा कांग्रेसका खड्काको अग्रता कायमै, सुहाङले घटाए दुरी

इलाम । इलाम (२ को मत गणनाको पहिलो अपडेट आएको

लगानी सम्मेलनका आधारभूत तत्व र अपेक्षा

काठमाडौं । राजनीतिक परिवर्तनलगत्तै सन् १९५२ मा भएको लगानी सम्मेलनलाई

सबैभन्दा धेरै रेमिट्यान्स भित्र्याउने ग्लोबल आइएमई बैंक सम्मानित

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड आर्थिक वर्ष २०७९/८० मा