२१ माघ २०८२, बुधबार | February 5, 2026

बिहिबार देखि बुटवलमा ‘लुम्बिनी एक्स्पो २०८०’, सम्पूर्ण तयारी पुरा



बुटवल । ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवलमा बिहिबारदेखि सुरु हुने लुम्बिनी एक्स्पोको सम्पूर्ण तयारी पूरा भएको छ । रुपन्देही व्यापार संघको आयोजनामा हुन लागेको एक्स्पोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

रुपन्देही ब्यापार संघले आज पत्रकार सम्मेलन गर्दै पुस ५ गतेबाट १८ गतेसम्म संचालन हुने एक्स्पोमा ६ सय स्टल बुक भइसकेको जानकारी दिएको छ । आयोजकका अनुसार एक्स्पोमा होटल तथा रेष्टुरेन्टका -२३, उनी, गार्मेन्ट तथा तयारी पोशाकका -१४१, अन्तर्राष्ट्रिय-१०, कृषि-४३, ब्याग/जुत्ताचप्पल-६८, राष्ट्रिय तथा बहुराष्ट्रिय कम्पनी-७८, श्रृंगार, उपहार तथा खेलौना-५२, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान-५३, बैंकरवित्तीय संस्था एवं शैक्षिक संस्था-१८, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस-६, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स-१६, आइसक्रिम तथा वेकरीज-१८, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस-८, औषधिजन्य पदार्थ तथा कृषि उत्पादनका ६६ स्टल बुक भइसकेका छन् ।

मेलामा करिब १० लाख दर्शकले अवलोकन गर्ने र करिब ५० करोड बराबरको आर्थिक कारोबार हुने लक्ष्य लिईएको मेला मूल आयोजक समितिका संयोजक एवं रुपन्देही व्यापार संघका अध्यक्ष कृष्णप्रसाद घिमिरेले जानकारी दिए । मेलामा गौतमबुद्धको जन्मस्थल लुम्बिनीसहित प्रदेश भित्रका धार्मिक, सांस्कृतिक, पर्यटकीय तथा एेतिहासिक महत्व बोकेका सम्पदाहरु एवं स्थलहरुको प्रवर्द्धनात्मक प्रचारप्रसार गरिने उनले बताए । कृषि उत्पादनका प्रयोगात्मक प्रबिधिहरु एक्स्पोमा रहने जनाउँदै उनले कृषिमा उद्यमशीलता सिक्न चाहने दर्शकले अवसरको उपयोग गर्न सक्ने पनि बताए ।

कोरोनापछि बुटवलको व्यापार व्यवसायमा केही शिथिल भएको अवस्थामा मेलाले अर्थतन्त्रलाई चलायमान बनाउनका लागि महत्वपूर्ण योगदान गर्ने आयोजकको दाबी छ ।

एक्स्पोको उद्घाटनको पूर्व शन्ध्यामा मेला स्थल बुटवल मण्डपबाट बिभिन्न जात जाति, धर्म, समूदायको लोक संस्कृति झल्किने झाँकी सहित जनचेतनामूलक र्याली गरिने मेलाका प्रचार संयोजक फर्सुराम पन्तले बताए ।

एक्स्पोमा सांस्कृतिक तर्फ राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती हने तथा डान्स आइडल प्रतियोगिता, लोक दोहोरी प्रतियोगिता, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, विद्यालय स्तरीय वादविवाद प्रतियोगिता, र्याप गीत प्रतियोगिता र भजन प्रतियोगिता गराईने आयोजकले जानकारी दिएको छ ।

पूर्व अर्थमन्त्री तथा एमाले उपाध्यक्ष विष्णु पौडेलले एक्स्पोको उदघाटन गर्ने संयोजक पन्तले जानकारी दिए ।

प्रकाशित मिति : ३ पुस २०८०, मंगलबार  ९ : ५७ बजे

एन आई सी एशियाले दियो जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति

काठमाडौ । एन आई सी एशिया बैंकले आफ्नो संस्थागत सामाजिक

निर्वाचन प्रचारप्रसार आयव्ययका लागि बैंक खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि जारी

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा

काँग्रेस उम्मेदवार चुन्न पौडेललाई पूर्व आप्रवासीको बलियो साथ

बुटवल । आसन्न प्रतिनिधिसभा निर्वाचनमा रुपन्देही २ मा नेपाली काँग्रेसका

युवालाई भविष्य होइन वर्तमानका साझेदार बनाउँदै ‘बदलिएको कांग्रेस’ अघि बढ्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले युवालाई देशको भविष्यका

काँग्रेसले लुम्बिनीमा एकताबद्ध निर्वाचनका लागि नेता-कार्यकर्तालाई आह्वान

बुटवल । मुलुकमा लोकतन्त्र, सुशासन र समावेशी विकासको यात्रालाई निरन्तरता