२२ भदौ २०८३, सोमबार | September 8, 2026

हुस्सु र कुहिरोका कारण हुने दुर्घटना न्यूनिकरण गर्न ‘रिफेल्टिभ स्टिकर’



नेपालगन्ज । चिसो बढेसंगै तराईमा लाग्ने हुस्सु र कुहिरोका कारण हुने सवारी दुर्घटना न्यूनिकरण गर्न बाँके प्रहरीले सवारी साधनमा रिफेल्टिभ स्टिकर (चम्किने स्टिकर) टाँस्ने अभियान थालेको छ । चिसो बढे संगै हुस्सु र कुहिरोको कारण सवारी दुर्घटना हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै बाँके प्रहरीले सवारी दुर्घटना न्यूनिकरणका लागि बाँके प्रहरीले सवारी साधनमा रिफेल्टिभ स्टिकर (चम्किने स्टिकर) टाँस्ने अभियान थालेको हो ।

ट्राफिक प्रहरीको नेतृत्वमा प्रहरीले सवारी साधन सहित विद्यालय जाने आउने विद्यार्थीहरुको ब्यागमा समेत रिफेल्टिभ स्टिकर टाँस गरेको छ । कुहिरोमा रिफेल्टिभ स्टिकर टाढैबाट टल्कने र दुर्घटनाबाट जोगाउन सकिने प्रहरीले विब्वास लिएको छ ।

कुहिरो र हुस्सुका कारण अगाडीको सवारी साधन र पैदल हिँड्ने विद्यार्थीहरुलाई देख्न नसकेर हुन सक्ने दुर्घटनालाई रिफेल्टिभ स्टिकरबाट न्यूनिकरण हुन सक्ने बाँके प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए । रिफेल्टिभ स्टिकर टाँस्ने अभियान अन्तर्गत मंगलबारमात्र नेपालगन्जको धम्बोझी क्षेत्रमा तीन सयबढी सवारी साधनमा रिफेल्टिभ स्टिकर टाँस गरिएको डीएसपी डाँगीले जानकारी दिए ।

रिफेल्टिभ स्टिकर टाँस गर्ने अभियानको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बिद्यार्थीले बोकिरहेको स्कुल ब्यागमा रिफेल्टिभ स्टिकर टाँसेर आरम्भ गरेका थिए । कार्यक्रममा बाँकेका प्रहरी प्रमुख सुभाषचन्द्र बोहरा र राष्ट्रिय अनुसन्धान कार्यालयका उप–निर्देशक मोहन कुँवरलगायतको सहभागिता रहेको थियो ।

प्रहरीले बाँकेका बिभिन्न स्थानहरुमा ट्राफिक सचेतना सहित रिफेल्टिभ स्टिकर टाँस्ने अभियान चलाउने जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  १० : ५९ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार