१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

श्रीलङ्काका विदेशमन्त्री आज नेपाल भ्रमणमा आउँदै



काठमाडौं । प्रजातान्त्रिक समाजवादी गणतन्त्र श्रीलङ्काका विदेशमन्त्री एमयूएम अली साब्री आज नेपालको औपचारिक भ्रमणमा आउँदैछन् । उनले आज पुस ४ देखि ७ सम्म नेपालको औपचारिक भ्रमण गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

विदेशमन्त्री साब्री पुस ५ र ६ गते काठमाडौंमा आयोजना हुने नेपाल–श्रीलङ्का संयुक्त आयोगको पहिलो बैठकमा सहभागी हुन नेपाल भ्रमणमा आउन लागेका हुन्। संयुक्त आयोगको बैठकमा विभिन्न मन्त्रालयका अधिकारी सम्मिलित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले गर्नेछन्। साथै दुई विदेशमन्त्रीले छुट्टाछुट्टै भेटवार्ता पनि गर्नुहुने मन्त्रालयले जनाएको छ ।

भ्रमणका क्रममा श्रीलङ्काका विदेशमन्त्री साब्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेट गर्नुहुने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । उनी पुस ७ गते काठमाडौंबाट कोलम्बोका लागि प्रस्थान गर्नेछन् ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ११ : १५ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा