१५ माघ २०८२, बिहिबार | January 29, 2026

आठ वर्षसम्म उद्योग सञ्चालन नगरेपछि सम्झौता रद्द



हेटौँडा । हेटौँडा औद्योगिक क्षेत्रका चारवटा उद्योग सञ्चालनका लागि गरिएको सम्झौता लामो समयसम्म कार्यान्वयन नभएपछि रद्द गरिएको छ । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जग्गा सम्झौता गरेको आठ वर्षसम्म पनि उद्योग स्थापना नगर्ने चार उद्योगको सम्झौता रद्द गरेकोे हो ।

हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका क्षेत्र व्यवस्थापक भोजराज बिनाडीले सनराइज कन्टेनर्स प्रालि, नाथ फुड्स इण्डष्ट्रिज प्रालि, लक्ष्मी पेन्ट्स प्रालि र बिवाइएस हेटौँडा प्रालिसँग गरिएको सम्झौता रद्द गरिएको जानकारी दिए ।

उनका अनुसार सनराइज कन्टेनर्सले प्लाष्टिकका वस्तु, नाथ फुड्स इण्डष्ट्रिजले बिस्कुट तथा बेकरी, लक्ष्मी पेन्ट्सले वाल पुटिङ, रङरोगन र बिवाइएस हेटौँडाले विभिन्न प्रकारका फ्ल्याट, एङ्गल फाइल, कम्बिनेसन प्लायरलगायत औजार उत्पादन गर्नेगरी उद्योग सञ्चालनका लागि जग्गा भाडामा लिन सम्झौता गरेका थिए । जग्गा ओगट्ने तर उद्योग सञ्चालनमा नल्याउने भएपछि सम्झौता रद्द गर्न बाध्य भएको उनले बताए । सम्झौता रद्द हुँदा ३० रोपनी जग्गा औद्योगिक क्षेत्र कार्यालयको मातहतमा आएको उनले जानकारी दिए ।

सम्झौता भएको छ महिनाभित्रमा आवश्यक संरचना निर्माण गरी दुई वर्षभित्रमा उद्योग सञ्चालनमा ल्याइसक्नुपर्ने र सञ्चालनमा ल्याउन नसकेमा दुई पक्षबीच भएको सम्झौता स्वतः रद्द हुने उल्लेख थियो । समयसीमा सकिएको अवस्थामा पटक–पटक उद्योगका सञ्चालकलाई अनुरोध गर्दा पनि वास्ता नगरिएका कारण सम्झौता खारेज गर्नुपरेको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ४ पुस २०८०, बुधबार  ४ : ३२ बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला