२ पुस २०८२, बुधबार | December 17, 2025

आजदेखि प्रधानमन्त्री कप महिला क्रिकेट प्रतियोगिता सुरु हुँदै



काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता आजदेखि काठमाडौंमा सुरु हुँदै छ । ७ प्रदेश र विभागीय टोली एपीएफसहित ८ टोली सहभागी प्रतियोगिता पहिलो पटक सिंगल राउन्ड रोबिनका आधारमा सञ्चालन हुनेछ । १४ दिन चल्ने प्रतियोगितामा ३२ खेल हुनेछ ।

राउन्ड रोबिन लिगपछि प्लेअफ, इलिमिनेटर र फाइनल खेल हुनेछन् । पहिलोपटक राउन्ड रोबिनका आधारमा प्रतियोगिता सञ्चालन हुन लागेकामा सहभागी सबै टिमका कप्तानले खुसी व्यक्त गरेका छन् ।

अघिल्ला संस्करणमा सहभागी टोलीलाई समूहमा विभाजन गरेर प्रतियोगिता सञ्चालन हुँदै आएको थियो । यसपटक एउटा टोलीले कम्तीमा ७ खेल खेल्ने छ ।

प्रतियोगिताको पहिलो दिन आज चार खेल हुनेछन् । त्रिवि मैदानमा हुने पहिलो खेलमा बागमती प्रदेश र मधेश प्रदेशबीच प्रतिस्पर्धा हुने छ भने दोस्रो खेलमा गण्डकी र लुम्बिनी आमनेसमाने हुनेछन् ।

मूलपानीमा साबिक विजेता सुदूरपश्चिमले एपीएफको सामना गर्दा दोस्रो खेलमा कर्णाली र कोशी प्रदेशबीच प्रतिस्पर्धा हुनेछ ।

राष्ट्रिय खेलकुद परिषद्को वार्षिक कार्यक्रमअन्तर्गत नेपाल क्रिकेट संघ क्यानको व्यवस्थापनमा हुने प्रतियोगिता टीट्वेन्टी ढाँचामा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ८ : ५० बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन