२ पुस २०८२, बुधबार | December 17, 2025

प्रधानमन्त्री कप महिला क्रिकेट : कोशीले कर्णालीलाई पराजित



काठमाडौं । प्रधानमन्त्री कप महिला टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको खेलमा कोशी प्रदेशले कर्णाली प्रदेशलाई पराजित गरेको छ । कोशीले कर्णालीलाई १० विकेटले हराएको हो ।

मूलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा आज टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १६ ओभरमा नौ विकेट गुमाउँदै ३३ रन मात्र बनायो । कोशीले ३४ रनको सामान्य विजयी लक्ष्य तीन दशमलव एक ओभरमा विकेट नगुमाइकन पूरा ग¥यो ।

कोशीका लागि कप्तान रुविना क्षेत्रीले अजिविजित २५ रन बनाइन् । उनले १७ बल खेल्दै ६ चौका प्रहार गरिन् । यस्तै काजोल श्रेष्ठले अविजित पाँच रन बनाइन् ।

यसअघि ३४ रन बनाउने क्रममा कर्णालीका लागि किरण कुँवरले नौ तथा बीना थापा र राक्षी खड्काले समान आठ आठ रन बनाइन् । बलिङतर्फ कोशी प्रदेशकी अप्सरी बेगमले तीन, एलिशा खडियाले दुई तथा सवनम राई, निशा शाह र रुविना क्षेत्रीले एक एक विकेट लिइन् ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ६ : १३ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन