१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

राप्रपा नेपालले गर्‍यो संस्कृति मन्त्री किराँतीको पुत्ला दहन



काठमाडौं । राप्रपा नेपाल आबद्ध जनवर्गीय संगठनहरुले बिहीबार साँझ काठमाडौंमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री सुदन किराँतीको पुत्ला दहन गरेका छन् । ९४ प्रतिशत ओमकार परिवार र सनातन धर्मालम्बीहरुको आस्था र विश्वास माथि मन्त्री किरातीले प्रहार र अपमान गरेको भन्दै उनिहरुले पुत्ला दहन गरेका हुन् ।

मन्त्री किराँतीले आपत्तिजनक, अमर्यादित र गैरजिम्मेवारीपूर्ण अभिव्यक्ति दिएको भन्दै उनीहरुले मन्त्री किराँतीले तत्काल राजीनामा दिनुपर्ने माग गरेका छन् । राजीनामा नदिएमा प्रधानमन्त्रीले तुरुन्तै बर्खास्त गर्नुपर्ने उनीहरुको भनाइ छ । संस्कृति मन्त्री किराँतीले क्रिश्चियन धर्म नमान्नेहरु देशद्रोही र संविधान विरोधी भएको त्यस्तालाई जेलमा कोच्नु पर्ने विवादास्पद अभिव्यक्ति दिएका थिए ।

पार्टीका जनवर्गीय संगठनहरुले आज सांकेतिक रुपमा विरोध प्रदर्शन गरेका छन् । मन्त्री किराँतीले तत्काल राजीनामा नदिए यो विषय डरलाग्दो र विकराल हुनसक्ने चेतावनी दिँदै राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले राजीनामा नदिए आन्दोलनले चर्को रुप लिने बताए । काठमाडौंको चावहिलमा भएको प्रदर्शनमा प्रदर्शनकारीहरुले मन्त्री किराँतीको विरोधमा चर्का नाराबाजी गरेका थिए ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पनि पर्यटनमन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएको छ । ‘क्रिश्चियनलाई नमान्ने देशद्रोही हुन्’ मन्त्री किराँतीले एक धर्मलाई प्रोत्साहित गर्ने र सनातन धर्म लगायत अन्य धर्म मान्नेप्रति घृणाभाव फैलाउने गरी दिएको अभिव्यक्ति गैर संवैधानिक, सामाजिक सदभाव बिथोल्ने, असहिष्णु र विभाजनकारी रहेको बताएको छ ।

बिहीबार साँझ पार्टीका प्रवक्ता मोहन कुमार श्रेष्ठले एक विज्ञप्ति जारी गर्दै मन्त्रीको उक्त अभिव्यक्तिप्रति आपत्ति जनाएका हुन् । संस्कृति र धार्मिक सहिष्णुतामाथि धावा बोल्ने व्यक्ति कुनै पनि कोणबाट मन्त्री पदमा रहिरहन उपयुक्त नहुने भन्दै तत्काल मन्त्री किराँतीलाई बर्खास्त गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मागसमेत गरिएको छ ।

प्रकाशित मिति : ५ पुस २०८०, बिहिबार  ७ : ४३ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले