१ भदौ २०८३, सोमबार | August 18, 2026

नसर्ने रोगबारे समुदायमा सचेतना फैलाउँदै महिला स्वास्थ्य स्वयंसेविका


६ पुस २०८०, शुक्रबार  

130
Shares

कैलाली । कैलालीको टीकापुर नगरपालिकाले नसर्ने रोगबारे सचेतना फैलाउन महिला स्वास्थ्य स्वयंसेविका परिचालन गरेको छ । नगरपालिकाले नसर्ने रोग मुख्य स्वास्थ्य समस्याका रुपमा देखा पर्दै गएकाले नागरिकलाई जीनवशैली, खानपान र रहनसहनबारे सचेत गराउन समुदायमा महिला स्वास्थ्य स्वयंसेवक परिचालन गरेको हो । पालिकाले एक सय २० स्वयंसेवक महिलालाई तीन÷तीन दिनको तालिम दिएर समुदायमा पठाएको छ ।

स्वयंसेवक महिलालाई नसर्ने रोगका प्रकार, लक्षण, बच्ने उपाय र मानसिक स्वास्थ्य समस्याबारे जानकारी दिएको छ । उनीहरुले समुदायमा गएर टोल भेला, गाउँघर क्लिनिक, आमा समूहको बैठक वा स्वास्थ्यका हरेक अभियानमा नसर्ने रोग र मानसिक स्वास्थ्य समस्याबारे छलफल गर्न थालेका छन् ।

नगरपालिकाको स्वास्थ्य शाखाले पालिकामा दैनिक नसर्ने रोगको जटिल समस्या भएका उपचारका लागि सिफारिस लिन आउन थालेपछि स्वयंसेविका परिचालन गरेको हो । पालिकामा नसर्ने रोगमध्ये मुटुसम्बधी रोग, श्वासप्रश्वाससम्बन्धी रोग, हृदयघात, मस्तिष्कघात, मधुमेह (चिनी रोग), दम, सिओपिडी र क्यान्सरको समस्या भएकाहरु दैनिक उपचारका लागि सिफारिस लिन आउने गरेका जनस्वास्थ्य प्रवद्र्धन उपशाखा संयोजक बलबहादुर रावलले बताउनुभयो । “दिनप्रतिदिन बिरामीको सङ्ख्या बढ्दै गएकाले हामीले सचेतना फैलाउन थालेका छौँ”, उनले भने, “हामीले वडावडामा नसर्ने रोग परीक्षणबारे स्वास्थ्य शिविर, जनचेतनामूलक कार्यक्रम, स्वास्थ्य संस्थाले समेत परामर्श दिने लगायतका कार्य गरिरहेका छौँ ।”

समाजमा नसर्ने रोगका बिरामी धेरै भए पनि कमै मात्रले रोग पत्ता लगाएर उपचार गराइरहेको र अन्तिम अवस्थामा जानकारी पाएर उपचारमा जाने भएकाले पालिकाले सचेतना फैलाउन थालेको जनस्वास्थ्य निरीक्षक धर्मसिँह बटालाले बताए । “जनचेतनाको अभाव तथा कतिपय अवस्थामा स्वास्थ्य सेवाको पहुँच नपुग्दा नसर्ने रोग लागेको समेत थाहा नपाई अकालमा ज्यान गुमाउने गरेका छन्”, उनले भने, “नसर्ने रोगबाट बच्न मानिसले रहनसहन, खानपान र जीवनशैलीमा सुधार गर्नुपर्छ भनी सचेत बनाउन थालेका हौँ ।”

समुदायमा गएर स्वयंसेविकाले नसर्ने रोगबाट बच्न स्वस्थ्य खाना खाने, खानामा नुन र चिनी कम गर्ने, मैदाबाट बनेका परिकार कम खाने वा नखाने, बच्चा जन्मेको ६ महिनासम्म स्तनपान अनिवार्य गराउने, नियमित रुपमा शारीरिक व्यायम, कसरत गर्ने, क्यान्सर रोकथामका लागि ९ वर्षदेखि १३ वर्ष उमेर समूहका बालिकालाई ह्युम्यान पापिल्लोमा भाइरसको तीन मात्रा खोप लगाउने, ३० देखि ४९ वर्ष उमेर समूहका महिलाले पाठेघरको मुखको जाँच गराउने, ४० वर्ष नाघेका महिलाले स्तनको जाँच मेमोग्राफी गर्ने र कलेजोको क्यान्सर रोकथामका लागि हेपाटाइसिस ‘बी’को खोप लगाउनेलगायत कुरा जानकारी दिन थालेका छन् ।

नसर्ने रोग सरुवा रोगभन्दा भयानक रोग बन्दै गएकाले आफूहरुले सचेतना फैलाउन थालेका महिला स्वास्थ्य सेवक चन्द्रा चौधरीले बताए। “समुदायका मानिसको सबैभन्दा नजिक हामी हुन्छौँ । हाम्रा कुरा समुदायले विश्वास गर्ने भएकाले नसर्ने रोगबारे समुदायमा जनचेतना फैलाउन सहज भएको छ”, उनले भने, “हामीले पनि तालिम पाएपछि धेरै कुरा सिक्यौँ, हाम्रा लागि पनि यो जानकारी उपलब्धिमूलक छ ।” महिला स्वास्थ्य स्वयंसेवक माया घर्तीमगर समुदायमा गएर नागरिकलाई स्वस्थ रहन सरसल्लाह र स्वास्थ्य शिक्षा दिने गरिरहेका बताउनुभयो । “तालिमपछि थप जानकारी दिन सहज भएको छ”, उनले भने ।

प्रकाशित मिति : ६ पुस २०८०, शुक्रबार  १० : ०५ बजे

उद्योग वाणिज्य संघ निर्वाचन : दलनिकट व्यवसायीको संयुक्त प्यानल

नेपालगन्ज । लामो समयदेखि दलगत छुट्टाछुट्टै प्यानल बनाएर निर्वाचन लड्ने

माछापुच्छ्रे बैंकको नायब प्रमुख कार्यकारी अधिकृत पदमा कल्याण विक्रम पाँडे नियुक्त

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत पदमा

कांग्रेस बैठक सम्पन्न, मङ्गलबार निर्णय सार्वजनिक गरिने

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको गत साउन २४ गतेदेखि

पत्रकार किशोर श्रेष्ठलाई थुनामुक्त गर्न सर्वोच्चको परमादेश (पूर्णपाठसहित)

काठमाडौं । सर्वोच्च अदालतले पत्रकार तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक

बागमतीमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान

हेटौँडा । बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नयाँ सरकार