२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

डिजिटल मिडियाले धेरै अवसर दिएको छ : अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले युवा पुस्तामा क्षमता, योग्यता, कल्पनाशीलता र समर्पण छ भने हामीसँग प्रशस्त सम्भावना भएको डिजिटल प्लेटफर्म भएको बताएका छन् ।

आइएन युथ इन्टरपेनियर फोरम  नेपाल स्टार्ट अप फेस्ट २०२३ को उद्घाटन गर्दै मन्त्री डा. महतले भने, ,‘डिजिटल प्लेटफर्मले बिजनेशलाई मात्र होइन, हरेक क्षेत्रलाई अवसर दिन्छ । जो उत्पादनमा लागेका छन्, उनीहरुले डिजिटल प्लेटफर्ममार्फत् बजारमा सजिलै पहुँच पुर्याउन सक्छन् । न्यून खर्चमा आम्दानी बढाउन सक्नेछन् ।’

‘यो अवसर सबैका लागि उपलब्ध छ, त्यसले युवा उद्यमीहरु सहज महसुस गर्छन् । त्यसैले सरकारले आईटी नीति बजेटमार्फत् व्यवहारिक कार्यान्वयनतर्फ लगिएको छ’ मन्त्री डा. महतले भने, ‘५० प्रतिशतभन्दा थोरै हामीले कर लगाउने व्यवस्था गरेका छौं । र, जसको व्यवसायले फड्को मार्दैछ र नेपाल बाहिर पनि सुरुवात गर्न चाहन्छ, उनीहरुका लागि पनि आफूले कमाएको आम्दानीको केही हिस्सा बाहिर लगानी गर्न सक्ने व्यवस्था गरिएको छ ।’

राज्यले दिएको यो सुविधाले आईटी बिजनेश बढाउन मद्दत पुग्ने मन्त्री डा. महतको भनाई छ  । मन्त्री महतका अनुसार यसले बिजनेश सुरु गर्न र वृद्धि गर्न मद्दत पुग्नेछ । आउँदा दिनमा आईटी नीति अझ सहज हुने जानकारी दिनुहुँदै मन्त्री डा. महतले भने,  ‘नेपाली युवाहरुलाई जुन क्षेत्रमा उहाँलाई काम गर्ने मन छ, त्यसमा सरकारले कसरी सहजीकरण गर्न सरकार तयार छ ।’

नेपालको आर्थिक विकासमा सूचना प्रविधि क्षेत्रले महत्वपूर्ण भूमिका खेलेको बताउँदै उनले भने ‘अहिले पनि ठूलो मात्रामा विदेश सफ्टवेयर निर्यात हुँदैछ । नेपालभित्रै पनि विभिन्न डमोस्टिक क्षेत्र विकसित हुँदैछ । जसले गर्दा विभिन्न क्षेत्रको विजनेश व्यवसाय सहज हुँदैछ, लागत घट्दैछ । यसमा सरकारले सकेसम्म योगदान दिनुपर्छ ।’

उनले अगाडि भने  ‘आईटी सेक्टरमा निर्यात बढिरहेको छ, आउँदा दिनमा अझ बढ्छ । यसको संस्थागत विकासमा युवा पुस्ताको महत्वपूर्ण भूमिका हुन्छ । युवा विदेश पलयानलाई रोक्न पनि आईटीलाई प्रवद्र्धन गर्न जरुरी छ ।’

‘झन्डै ४० प्रतिशत युवा यो क्षेत्रसँग जोडिएको कार्यक्रममा बताइयो । १२ कक्षापछि विदेश जाने चलन छ, तिनीहरुलाई रोक्नुपर्छ । हेर्दा विदेशमा रमाइलो जस्तो देखिन्छ, तर त्यो सबैका लागि हुँदैन’ मन्त्री डा. महतले भने, ‘१२ कक्षापछि विदेश जाने परम्परालाई रोक्न यही प्लेटफर्ममार्फत् थाल्न अनुरोध गर्दछु ।’

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  ३ : २४ बजे

फेवातालमा कार खस्दा चालकको मृत्यु

कास्की । पोखरामा आज बिहान भएको सवारी दुर्घटनामा परेर एक

कारागार सुरक्षाको जिम्मा नेपाली सेनालाई

दार्चुला । दार्चुला सदरमुकाम खलङ्गामा रहेको कारागार कार्यालयको सुरक्षा नेपाली

खाँदबारी नगरपालिकाद्वारा अनुदानमा मौरीसहितका घार वितरण

सङ्खुवासभा । सङ्खुवासभाको खाँदबारी नगरपालिकाले कृषकको आयआर्जन वृद्धि र व्यावसायिक

आज मध्यान्नसम्म तराईका केही स्थानमा हुस्सु र कुहिरो लाग्ने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ

आज भ्यालेन्टाइन डे

काठमाडौं । आज फेब्रुअरी १४, विश्वभर मनाइने भ्यालेन्टाइन डे अर्थात्