४ जेष्ठ २०८१, शुक्रबार | May 17, 2024

पाल्पामा आगलागीमा जलेर ९ महिनाको बालिकाको मृत्यु



पाल्पा । पाल्पामा आगलागीबाट ९ महिनाकी बालिकाको मृत्यु भएको छ । पाल्पाका निस्दी गाउँपालिका ३ क्यामरुङमा श्यामबहादुर पल्लीको घरमा लागेको आगोमा जलेर ९ महिनाको बालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गोठमा गाईबस्तुलाई कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागि भएको हो । ९ महिनाकी बालिकालाई सुताई घरको अन्य परिवार नजिकै बारीमा काम गर्न गएको अवस्थामा आगलागी भएकोमा बालिकाको जलेर मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध रुेष्ठले बताए ।

आगलागीबाट गोठमा भएको १ वटा बाखा र १ वटा भैसीसमेत जलेर मरेको तथा १ भैंसी आगोमा जलेर घाइते भएको प्रहरीले जनाएको छ । बालिकाको शव पोष्टमार्टमका लागि पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १० : ०३ बजे

न्यायपालिकाको सुदृढीकरण र बारलाई सक्षम बनाउन सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले न्यायपालिकाको सुदृढीकरण र बारलाई

राष्ट्रियसभा बैठकमा कांग्रेसको अवरोध, बैठक स्थगित

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभाको आजको बैठक पनि अवरुद्ध गरेको

‘उप’ भन्ने भाष्य चिर्न लागिपरेको छु : उपसभामुख राना

काठमाडौं । ‘आमा’ उर्फ इन्दिरा रानाको परिचय र पहिचानमा अहिले

प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित

काठमाडौं । प्रतिनिधिसभाको बैठक २ बजेसम्मका लागि स्थगित भएको छ

संसदीय छानबिन समिति बनाउन विपक्षी दल एकजुट

काठमाडौं । प्रतिनिधिसभामा विपक्ष दलहरुले कांग्रेसले उठाएको सहकारी प्रकरणमा संसदीय