२२ भदौ २०८३, सोमबार | September 8, 2026

पाल्पामा आगलागीमा जलेर ९ महिनाको बालिकाको मृत्यु



पाल्पा । पाल्पामा आगलागीबाट ९ महिनाकी बालिकाको मृत्यु भएको छ । पाल्पाका निस्दी गाउँपालिका ३ क्यामरुङमा श्यामबहादुर पल्लीको घरमा लागेको आगोमा जलेर ९ महिनाको बालिकाको मृत्यु भएको हो ।

प्रहरीका अनुसार गोठमा गाईबस्तुलाई कुडो पकाउन सल्काएको आगो सल्किन गई आगलागि भएको हो । ९ महिनाकी बालिकालाई सुताई घरको अन्य परिवार नजिकै बारीमा काम गर्न गएको अवस्थामा आगलागी भएकोमा बालिकाको जलेर मृत्यु भएको पाल्पा प्रहरी प्रवक्ता डीएसपी सुगन्ध रुेष्ठले बताए ।

आगलागीबाट गोठमा भएको १ वटा बाखा र १ वटा भैसीसमेत जलेर मरेको तथा १ भैंसी आगोमा जलेर घाइते भएको प्रहरीले जनाएको छ । बालिकाको शव पोष्टमार्टमका लागि पठाइएको र घटनाको थप अनुसन्धान भइरहेको डीएसपी श्रेष्ठले बताए ।

प्रकाशित मिति : ७ पुस २०८०, शनिबार  १० : ०३ बजे

बाढी प्रभावित बालबालिकाको शिक्षाका लागि एक अर्बको छात्रवृत्ति

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित विद्यार्थीको शिक्षाका लागि सरकारले करिब

भन्सार छलेर बजार पुर्याइएको लाखौको मोबाइलसहित १ जना प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जमा भन्सार छलेर मुख्य बजारमा पुर्याइएको लाखौं

इन्टरपोल दिवसः बाढीमा दिवङ्गत भएकाको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ । यही भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीमा

भोटेकोसी बाढीमा हराइरहेका मानिस खोज्न सरकारले कुनै कसर बाँकी राखेको छैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोसी बाढीमा हराइरहेका मानिसहरुको खोज

भोटेकोशी बाढी : एक हजार ३५६ शव फेला, चार हजार ९९४ जना सम्पर्कविहीन

काठमाडौँ । रसुवा बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार