९ आश्विन २०८३, शुक्रबार | September 25, 2026

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी, करिब १० घर जले



ताप्लेजुङ । ताप्लेजुङको मेरिङदेन गाउँपालिका–३ स्थित दोभान बजारमा भीषण आगलागी भएको छ। बाक्लो बस्तीमा लागेको आगलागीमा परी प्रारम्भिक विवरणअनुसार करिब १० वटा घर जलेका छन्।

करिब ५० घरधुरी रहेको दोभान बजारमा लागेको आगो नियन्त्रणका लागि स्थानीय प्रहरीसँगै सशस्त्र प्रहरी बल नेपाल नम्बर १ कञ्चनजंघा गुल्मबाट सुरक्षाकर्मी परिचालन गरिएको छ।

आगलागी नियन्त्रणका लागि नेपाली सेनाका दुई वटा दमकलसमेत घटनास्थलमा पुगेका छन्। सुरक्षाकर्मी, नेपाली सेना तथा स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागीको कारण भने अहिलेसम्म खुल्न सकेको छैन।

बाक्लो बस्ती भएकाले आगो थप घरमा फैलिन नदिन सुरक्षाकर्मी तथा स्थानीयवासीले निरन्तर प्रयास गरिरहेका छन्।

प्रकाशित मिति : ८ आश्विन २०८३, बिहिबार  ३ : ०९ बजे

रसुवागढी-स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न चीनसँग सहयोग माग

काठमाडौं । सरकारले भोटेकोशी बाढीबाट क्षतिग्रस्त रसुवागढी–स्याफ्रुबेँसी सडकको ट्र्याक खोल्न

पानीको बहाव बढेसँगै सप्तकोशी ब्यारेजका ३१ ढोका खोलिए

सुनसरी । बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा

टी-२० वरियतामा नेपालको सधार

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद्

कोरलानाका क्षेत्रमा बेमौसमी हिमपात

मुस्ताङ । समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन

हेटौंडा । मकवानपुरस्थित कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जल सतह बढ्न