१८ असार २०८३, बिहिबार | July 2, 2026

इंग्लिस प्रिमियर लिग : आर्सनल र लिभरपुल बराबरीमा रोकिए



काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलबीचको खेल बराबरीमा सकिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुल र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा खेलको चौथो मिनेटमा नै आर्सनलले गाब्रियल मागालहाएसको गोलमा अग्रता लिएको थियो । त्यसपछि खेलको २९ औं मिनेटमा मोहमद सलाहको गोलमा लिभरपुलले बराबरी गरेको थियो । खेलमा त्यसपछि कुनै गोल हुनसकेन र खेल १-१ को बराबरीमा सकियो ।

यो बराबरीपछि आर्सनल लिगको शिर्ष स्थानमा कायम रहेको छ । आर्सनलको १८ खेलमा ४० अंक रहेको छ । त्यसैगरी लिभरपुलको १८ खेलमा ३९ अंक छ र लिगको दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै १८ खेलमा ३९ अंकनै रहेको एस्टन भिल्ला गोल अन्तरले पछि पर्दै तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : ३० बजे

पर्यटक आगमन गत वर्षको तुलनामा १९.५ प्रतिशत वृद्धि

काठमाडौं । सन् २०२६ को जुन महिनामा ९१ हजार ३६३

जलविरेमा सुख्खा पहिरो खस्दा मुग्लिन-नारायणगढ सडक अवरुद्ध

चितवन । मुग्लिन-नारायणगढ सडकखण्डअन्तर्गत जलविरे नजिक बिहीबार सुख्खा पहिरो खस्दा

आँपको सुगन्धले चिनिएको श्रीपुर गाउँ

जनकपुरधाम, १८ असार : गर्मीयाम सुरु हुनासाथ सप्तरीको सुरुङ्गा नगरपालिका–६

कपडाको ‘कार्गो’मा सुनचाँदीका गहना फेला

काठमाडौं । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट सुन तथा चाँदीका गरगहनासहित दुई

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज मन्त्रिपरिषद्को बैठक आह्वान गरेका