२ पुस २०८२, बुधबार | December 17, 2025

इंग्लिस प्रिमियर लिग : आर्सनल र लिभरपुल बराबरीमा रोकिए



काठमाडौं । इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुल र आर्सनलबीचको खेल बराबरीमा सकिएको छ । गएराती सम्पन्न खेलमा लिभरपुल र आर्सनल १-१ गोलको बराबरीमा रोकिएका हुन् ।

लिभरपुलको घरेलु मैदान एनफिल्डमा सम्पन्न खेलमा खेलको चौथो मिनेटमा नै आर्सनलले गाब्रियल मागालहाएसको गोलमा अग्रता लिएको थियो । त्यसपछि खेलको २९ औं मिनेटमा मोहमद सलाहको गोलमा लिभरपुलले बराबरी गरेको थियो । खेलमा त्यसपछि कुनै गोल हुनसकेन र खेल १-१ को बराबरीमा सकियो ।

यो बराबरीपछि आर्सनल लिगको शिर्ष स्थानमा कायम रहेको छ । आर्सनलको १८ खेलमा ४० अंक रहेको छ । त्यसैगरी लिभरपुलको १८ खेलमा ३९ अंक छ र लिगको दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै १८ खेलमा ३९ अंकनै रहेको एस्टन भिल्ला गोल अन्तरले पछि पर्दै तेस्रो स्थानमा रहेको छ ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ७ : ३० बजे

३ बजे सम्ममा ६५० मत खस्यो, राति १० बजे मतदान सकिने अनुमान

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशनमा नेतृत्व चयनका लागि

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व