२ फाल्गुन २०८२, शनिबार | February 14, 2026

एमालेको सङ्कल्प यात्राका उपलब्धि सार्वजनिक



काठमाडौं । नेकपा (एमाले)ले मध्यपहाडी (पुष्पलाल) लोकमार्ग केन्द्रित आफ्नो ‘समृद्धिका लागि सङ्कल्प यात्रा’का उपलब्धि सार्वजनिक गरेको छ । बैतडीको झुलाघाटबाट गत मङ्सिर १४ गते सुरु भएको उक्त यात्रा यही पुस १ गते पाँचथरको चिवाभञ्ज्याङमा पुगेर समापन भएको थियो ।

एमालेको केन्द्रीय कार्यालय च्यासलमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिमा आज आयोजित पत्रकार सम्मेलनमा यात्राले पार्टी, कार्यकर्ता र स्थानीय जनतामा उत्साह देखिनुका साथै विकास, समृद्धि तथा राष्ट्रियतालाई जोड्न महत्वपूर्ण उपलब्धि हासिल गरेको जनाइएको छ ।

अध्यक्ष ओलीले उक्त यात्रा असाधारण र अविस्मरणीय भएको बताउँदै मध्यपहाडी क्षेत्रको विकास र समृद्धिमा प्राथमिकता दिन सरकारसँग माग गरे । ‘सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय’को मर्म एवं भावनाअनुरुप उक्त अभियानका क्रममा जनसभा, जनभेला तथा भेटघाट, कलेज तथा विद्यालयका विद्यार्थीसँग छलफल भएको जनाइएको छ ।

साथै स्थानीय किसानसँग अन्तक्र्रिया, कृषि वैज्ञानिकसँग संवाद, विकास कार्यको अवलोकन र नमुना काम गरिरहेका उद्यमीसँग भेटघाट, ऐतिहासिक, धार्मिक र सांस्कृतिक स्थलको अवलोकन, जनताका अनुभूति, गुनासा र सुझावको सङ्कलन गरिएको एमालेले जनाएको छ ।

अभियानका क्रममा पहाडबाट भइरहेको तीव्र बसाइँसराइको पहिचान र समाधानको खोजी, सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवर्द्र्धनमा सहयोग, मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटनलगायतका सम्भावना बुझ्न सहयोग मिलेको एमालेका महासचिव शङ्कर पोखरेलले बताए ।

उक्त यात्रामा एमालेका शीर्ष नेतृत्व, केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो र केन्द्रीय सदस्य तथा प्राविधिक टोलीको सहभागिता थियो ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  २ : ३४ बजे

लोकप्रियतावादको भ्रमबाट सचेत रहन एमालेको आह्वान

काठमाडौं । नेकपा (एमाले)ले लोकप्रियतावादको प्रभावबाट सचेत रहन आग्रह गरेको

मापदण्डअनुसार विद्युत् आयोजनाले पानी नछाड्दा सुक्यो मोदीखोला

पर्वत । जलविद्युत् आयोजनाहरूले मापदण्डअनुसार पानी नछाड्दा पर्वतको मोदीखोला सङ्कटमा

भैरहवाबाट लागु औषध बेचबिखन गरिरहेका बिशाल प्रताप राणासहित ३ जना पक्राउ

बुटवल । भैरहवाको आवारोडबाट लागुऔषध गाँजा र चरेस सहित ३

पर्वतको छत्तिसेघाटमा मोटरेबल पुल निर्माण

पर्वत । जिल्लाका सडकलाई वर्षभरी नै सञ्चालन गर्नका लागि खोलामा

निर्वाचन गणतन्त्रको संस्थागत सुदृढीकरणको परीक्षा हो – सूर्यप्रसाद श्रेष्ठ, पूर्व प्रमुख निर्वाचन आयुक्त

काठमाडौँ । नेपाल सरकारको प्रशसन सेवामा विभिन्न मन्त्रालयमा सचिव पदसम्म