२० मंसिर २०८२, शनिबार | December 6, 2025

लुम्बिनी प्रदेशमा थपिएका २ मन्त्रीले खाए सपथ



बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले प्रदेश प्रमुख समक्ष शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री डिल्ली बहादुर चोधरीको सिफारिसमा नियुक्त भएका मन्त्रीद्वय कृष्णा केसी र सरोज थापाले आइतबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियाताको शपथ ग्रहण गरेका हुन् ।

लामो समयदेखि मुख्यमन्त्री आफैले राखेको सहरी विकास मन्त्रालय र उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी क्रमशः केसी र थापालाई दिएका छन् । खानेपानी, वन वातावरण तथा पर्यटन मन्त्रालय भने अझै पनि मुख्यमन्त्री आफैले राखेका छन् ।

केसी बाँके क्षेत्र नम्बर १ र थापा प्युठान प्रदेशसभा २ बाट विजयी भएका थिए। लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका थिए । थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ ।

नवनियुक्त मन्त्रीहरूले बुटवलमा शपथ ग्रहण गरे पनि पदभार ग्रहण गर्न दाङ जाने छन्। लुम्बिनी प्रदेशमा १० मन्त्रालयमध्ये वन मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राखेका छन् ।

सपथ ग्रहण समारोह पछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री चौधरीले राजनीतिमा जुनसुकै बेला जे पनि हुन सक्ने बताए । उनले राजनीतिकै कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको भन्दै उनले नियुक्ति पछि असन्तुष्टी आउनु स्वाभाविक भएको बताए ।

सामान्यता मन्त्रीहरुको सपथमा कार्यकर्ता र समर्थकको भीड लाग्ने नगरेपनि उद्योग तथा यातायात मन्त्री बनेका थापालाई बधाईदिन समर्थकहरुको ठुलै भीड जम्मा भएको थियो । कांग्रेस पार्टीको झण्डा सहित युवाहरुले प्रदेश प्रमुखको कार्यालय परिषर बाहिर थापालाई बधाई र शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ५ : ३२ बजे

एनपीएलमा चितवन र पोखराको प्रतिष्ठाको भिडन्त, चितवनले टस जितेर ब्याटिङ

काठमाडौं । कीर्तिपुरमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)

फाफ डू प्लेसिस-हेजलेटको अर्धशतकले विराटनगर किङ्ग्स पहिलो क्वालिफायरमा

काठमाडौं । ओपनर फाफ डू प्लेसिस र साम हेजलेटको विस्फोटक

सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको पहिलो

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले