१२ चैत्र २०८२, बिहिबार | March 27, 2026

लुम्बिनी प्रदेशमा थपिएका २ मन्त्रीले खाए सपथ



बुटवल । लुम्बिनी प्रदेशका नवनियुक्त दुई मन्त्रीले प्रदेश प्रमुख समक्ष शपथ ग्रहण गरेका छन्। मुख्यमन्त्री डिल्ली बहादुर चोधरीको सिफारिसमा नियुक्त भएका मन्त्रीद्वय कृष्णा केसी र सरोज थापाले आइतबार प्रदेश प्रमुख अमिक शेरचन समक्ष पद तथा गोपनियाताको शपथ ग्रहण गरेका हुन् ।

लामो समयदेखि मुख्यमन्त्री आफैले राखेको सहरी विकास मन्त्रालय र उद्योग तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी क्रमशः केसी र थापालाई दिएका छन् । खानेपानी, वन वातावरण तथा पर्यटन मन्त्रालय भने अझै पनि मुख्यमन्त्री आफैले राखेका छन् ।

केसी बाँके क्षेत्र नम्बर १ र थापा प्युठान प्रदेशसभा २ बाट विजयी भएका थिए। लुम्बिनी प्रदेशमा यसअघि मुख्यमन्त्रीसहित ७ जना मन्त्री रहेका थिए । थापा र केसी शपथ लिएसँगै लुम्बिनी प्रदेश सरकारमा मुख्यमन्त्रीसहित मन्त्रीहरूको सङ्ख्या ९ पुगेको छ ।

नवनियुक्त मन्त्रीहरूले बुटवलमा शपथ ग्रहण गरे पनि पदभार ग्रहण गर्न दाङ जाने छन्। लुम्बिनी प्रदेशमा १० मन्त्रालयमध्ये वन मन्त्रालय मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले राखेका छन् ।

सपथ ग्रहण समारोह पछि पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै मुख्यमन्त्री चौधरीले राजनीतिमा जुनसुकै बेला जे पनि हुन सक्ने बताए । उनले राजनीतिकै कारण मन्त्रिपरिषद विस्तारमा ढिलाई भएको भन्दै उनले नियुक्ति पछि असन्तुष्टी आउनु स्वाभाविक भएको बताए ।

सामान्यता मन्त्रीहरुको सपथमा कार्यकर्ता र समर्थकको भीड लाग्ने नगरेपनि उद्योग तथा यातायात मन्त्री बनेका थापालाई बधाईदिन समर्थकहरुको ठुलै भीड जम्मा भएको थियो । कांग्रेस पार्टीको झण्डा सहित युवाहरुले प्रदेश प्रमुखको कार्यालय परिषर बाहिर थापालाई बधाई र शुभकामना दिएका थिए ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  ५ : ३२ बजे

दाङमा धारिलो हतियार प्रहार गरि श्रीमानले गरे श्रीमतीको हत्या

दाङ । दाङमा श्रीमानको धारिलो हतियार प्रहारबाट श्रीमतीको हत्या भएको

बुटवलमा भोलीदेखी दुई दिने बि-टु-सी समिट हुँदै

बुटवल । कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघ रूपन्देहीको आयोजनामा सूचना

सञ्चयकर्ता तथा योगदानकर्ताको खातामा मुनाफाको रकम जम्मा

काठमाडौँ । कर्मचारी सञ्चय कोषले गत आर्थिक वर्ष २०८१/८२ मा

जाँदाजाँदै प्रधानमन्त्रीको बिदाइ सम्बोधन (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री पदबाट बिदा हुने पूर्वसन्ध्यामा

वर्तमान निर्वाचन प्रणालीले कुनै दलले बहुमत ल्याउँदैन भन्ने भाष्यलाई गलत साबित : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान निर्वाचन प्रणालीमा कुनै दलले