१७ बैशाख २०८१, सोमबार | April 29, 2024

लुम्बिनी एक्स्पो २०८० चौथो दिन पुग्दा एकलाख दर्शक मेला छिरे



बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा विहिवारबाट बुटवलमा सुरु भएको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाको आइतवार चौथो दिन पुग्दा सांस्कृतिक कार्यक्रम अन्तरगतका प्रतियोगिता एवं कलाकारहरुको प्रस्तुति रोचक बन्दै आएको छ । संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ सुरु भएको व्यापार मेला पुष १८ गतेसम्म सञ्चालन हुने छ । मेलाको आइतवारसम्म करिव १ लाख दर्शक अवलोकनका लागि प्रदर्शनीस्थल प्रवेश गरेको सचिवालयले जनाएको छ ।

संघको आयोजनामा आधुनिक प्रदर्शनी केन्द्रमा आयोजना गरिएको प्रदर्शनीमा दर्शकहरुले नयाँ अनुभूति गर्नुका साथै चासोका साथ अवलोकन गरेको अध्यक्ष कृष्णप्रसाद घिमिरेले बताए । दर्शकहरुको आगमन तथा स्टलमा राखिएका सामाग्रीहरुमा उनीहरुले देखाएको चासोले आफुहरु उत्साहित बनेको मुल समितिका संयोजक समेत रहेका अध्यक्ष घिमिरेले बताए ।

प्रदर्शनी अवलोकन गर्न आएका दर्शकहरुले पेभेलियनमा राखिएका उत्पादन प्रक्रियामा चासो देखाएर हेर्नुकासाथै खरिद पनि गरेका थिए । प्रदर्शनीलाई व्यवस्थित र सुरक्षित बनाउनका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहयोगमा आन्तरिक सुरक्षा प्रवन्ध मिलाएको सुरक्षा समितिका संयोजक अर्जुन भट्टराईले जानकारी दिए । उनले प्रदर्शनी स्थल भित्र कुनै पनि अप्रिय घटना घट्न नपाओस भनेर निकै सतकर्ता अपनाएको र त्यसका लागि स्थलभित्र प्रर्याप्त सिसी क्यामराको व्यवस्था गरिएको जनाए ।

दर्शहरुको आर्कषणको क्षेत्र प्रदर्शनीको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुति तथा प्रतियोगिताहरु रोचक बन्दै गएका छन् । आइतवार चर्चित लोकदोहोरी गायीका अस्मीता डल्लाकोटी, सिर्जना खत्री(हाउडेमाया), दिपु मगर, विष्णु सिंजाली मगर, संगिता चितौरेको प्रस्तुति रहेको थियो । दोहोरी गित प्रतियोगिता अन्तरगत राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, पाल्पा र दोहोरी गित प्रतिष्ठान, दाङकावीच प्रतिपष्र्धा भएकोमा पाल्पा विजयी भएको छ ।

सोमवार सांस्कृतिक कार्यक्रमतर्फ चर्चित लोकदोहोरी गायक खेम सेञ्चुरी, गायीका एवं प्रस्तोता मञ्जु पौडेल, बसन्त लम्साल, मञ्जु भट्टराई तथा हास्य कलाकार पुर्खे बाको प्रस्तुति रहने छ । दोहोरी गित प्रतियोगिता अन्तरगत राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, लुम्बिनी प्रदेश र खस्यौली रोधि क्लब प्रा.लि. बुटवलकावीच प्रतिस्पर्धा हुनेछ । डान्स आइडल २०८० को टप १२ को प्रस्तुति भएको छ ।

सोमवार सार्वजनिक विदाको दिन परेका कारण मेला हेर्ने दर्शकहरुको घुइचो हुने अनुमान गरी सोही अनुसारको तयारी गरिएको मेला प्रबन्धक सरोज पोखरेलले बताए ।

मेलामा ६ सयभन्दा वढी स्टल रहेका छन् । जसमा होटल तथा रेष्टुरेन्ट, उनी, गार्मेन्ट तथा तयारी पोशाक, अन्तराष्ट्रिय स्टल, कृषि, ब्याग/जुत्ताचप्पल, राष्ट्रिय तथा बहुर्राष्ट्रिय कम्पनी, श्रृंगार, उपहार तथा खेलौना, फर्निचर तथा फर्निसिङ, किचन एण्ड प्लाष्टिक सामान रहेका छन् ।

त्यसैगरि बैंक/वित्तिय संस्था एवं शैक्षिक संस्थाहरु, अटोमोवाइल्स, लुब्रिकेशन, टायर तथा पार्टस, आइटी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स, आइसक्रिम तथा वेकरीज, पुस्तक, किप, स्टेशनरी तथा स्पोर्टस र औषधिजन्य पदार्थ तथा कृषिउत्पादन स्टल रहेका छन् ।

प्रकाशित मिति : ८ पुस २०८०, आइतबार  १० : ४९ बजे

उच्च गतिको विद्युत् प्रवाह हुँदा ६० घरमा क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-६ घरमा आइतबार उच्च गतिको विद्युत्

डोटीमा एक पुरुषको शव फेला

डोटी । डोटीमा एक पुरुषको शव फेला परेको छ ।

बझाङ उपनिर्वाचन : कांग्रेस उम्मेदवार २४९ मतले अगाडी

बझाङ । बझाङ क्षेत्र नं १ को प्रदेशसभा (क) मा

इलाम उपनिर्वाचन : एमालेका नेम्बाङको अग्रता कायमै

इलाम । इलाम क्षेत्र नं २ मा भएको उपनिर्वाचनको मतगणना

आज कस्तो रहला देशभरको मौसम ?

काठमाडौं । नेपालमा हाल पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव