१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

लुम्बिनी एक्स्पो-२०८० : दुई दिनमा ३ लाखदर्शक बुटवल मण्डपमा, मेला स्थलमा वृृद्धवृद्धालाई सम्मान



बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा बुटवलमा जारी लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलामा २ दिनमा ३ लाखभन्दा बढी दर्शकले अवलोकन गरेका छन् । मेला सञ्चालन भएको १० औं र ११ औं दिनमा सार्वजनिक बिदा परेका कारण मेलाको अवलोकन गर्न ठूलो संख्यामा अवलोकनकर्ताहरु आएका थिए ।

मेला सचिवालयका अनुसार प्रदर्शनी स्थलमा २ दिनमा करिब ३ लाख दर्शकहरु अवलोकनका लागि आएको अनुमान गरिएको छ । सार्वजनिक बिदा परेका कारण मेला हेर्न स्कूलमा अध्ययन गर्ने विद्यार्थी तथा अभिभावहरु तथा कार्यालयहरुमा काम गर्ने दर्शकहरुसंगै महिलाहरुको अत्याधिक आएका थिए ।

प्रदर्शनी स्थल बुटवल मण्डपको अन्तराष्ट्रिय प्रदर्शनी केन्द्रको क्षेत्र अवलोकनकर्ताहरुले भरिभराउ भएको थियो । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज प्रवेश र निकास र प्रवेशद्वारहरु पनि थप गरिएको थियो ।

मेलामा दर्शकहरुको अत्यधिक भिडलाई नियन्त्रण गरी सहज रुपमा अवलोकन गर्ने व्यवस्था मिलाउन आयोजकहरुलाई हम्मेहम्मे परेको थियो । दर्शकहरुको लगातारको आगमन प्रदर्शनी स्थलमा स्थानको अभाव भएपछि प्रवेशको क्रममा दर्शक रोकेर व्यवस्थापन गर्नु परेको मेला प्रवन्धक सरोज पोखरेलले बताए ।

हिजो शनिबार पनि मेला अवलोकन गर्न ठूलो संख्यामा दर्शकहरु पुगेका थिए । प्रदर्शनी स्थलमा दर्शकहरु टिकट काटेर अवलोकन गर्न बिहानैबाट ओइरो लाग्न थालेका थिए । सार्वजनिक बिदा परेका कारण दर्शकहरुको भिड अत्याधिक हुने अनुमान गरिएको भए पनि आयोजकले अनुमान गरेको भन्दा धेरै दर्शक आएपछि व्यवस्थापनमा केहि समस्या परेको थियो । प्रर्दशनी स्थलभित्र रहेका स्टल क्षेत्र, मञ्च रहेको खुल्लाचौर र बालउद्यानको क्षेत्रमा मान्छे उभिने ठाउँको अभाव भएको मेलाका सदस्य सचिव दयानिधि भण्डारीले बताए ।

मेला सचिवालयले दिएको जानकारी अनुसार शनिवार र आइतवार सार्वजनिक विदाका दिन मेला अवलोकन गर्न करिव ३ लाख दर्शक मण्डपमा प्रवेश गरेको अनुमान गरिएको छ । मेला अवलोकन गर्न आउने दर्शकहरुलाई टिकट लिन सहजहोस भन्दै आयोजकको तर्फबाट बिहानै टिकट काउन्टर थप गरी प्रवेश टिकट बिक्री गरिएको मेला सहसंयोजक दिपक अधिकारीले बताए । दर्शकहरुको भिड बढेपछि टिकट बिक्रिको व्यवस्थापन र कुनै दुर्घटना नहोस् भनेर आयोजक मुल समितिका सदस्यहरु सबै जना खटिएका थिए ।

आइतवारको दर्शकहरुको उपस्थिति हालसम्मको सबैभन्दा धेरै रहेको अवलोलनकर्ताहरुले नै बताएका छन् । आयोजक संस्था रुपन्देही व्यापार संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले दर्शकहरुको उपस्थितिले आगामी आयोजनाका क्रममा थप सचेत बनेर काम गर्नुपर्ने कुरा सिकाएको बताउँछन । मण्डपको क्षमताभन्दा बढी दर्शहहरुको घुइँचो बढेको अवस्थामा टिकट बिक्रीबन्द गरी व्यवस्थापन गर्ने काम गरिएको थियो । मण्डप भित्रका दर्शकहरुलाई बाहिर निकाल्नका लागि छुट्टै निकासको व्यवस्था गरिएको थियो । दर्शकहरुको भिडका कारण बुटवल मण्डप पुरै भरिएको थियो । उता स्टलको बाटोमा हिडेका दर्शकहरुको भिडका कारण एक अर्कालाई धकेल्दै अगाडि बढ्ने अवस्था सिर्जना भएको थियो ।

मेला स्थलमा वृृद्धवृद्धालाई सम्मान

मेला सञ्चालन भैरहेको अवस्थामा रुपन्देही व्यापार संघले आइतवार मेला स्थलमा विभिन्न क्षेत्रका ३० जना वृद्धवृद्धालाई सम्मान गरेको छ । मेलामा एक कार्यक्रमको आयोजना गरि रुरु मिलन केन्द्र शंकरनगरको पहलमा ३० वृृद्ध महिला तथा पुरुषलाई संघले दोसल्ला ओढाएर सम्मान गरेको हो ।

वृद्धवृद्धाहरुलाई संघका संस्थापक अध्यक्ष मोतिराज ज्ञवाली, पूर्व अध्यक्षहरु मोति प्रसाद पाण्डे, पदम प्रसाद श्रेष्ठ, संघका अध्यक्ष कृष्ण प्रसाद घिमिरेले संयुक्त रुपमा सम्मान गरेका थिए ।

त्यस अवसरमा बोल्दै संघ अध्यक्ष घिमिरेले समाजमा रहेका वृद्धवृद्धाहरुलाई सम्मान गर्ने संस्कारको विकास गर्ने हेतुले उक्तकार्यक्रम राखेको उल्लेख गर्दै पछिल्लो समयमा वृद्धवृद्धाहरुलाई हेला गर्ने जुन परिपाठि बढेको छ त्यसले समाजलाई सहि बाटोमा नलैजाने बताए । त्यस अवसरमा अध्यक्ष घिमिरेले वृद्धवृद्धाहरुको संरक्षणमा संघले आर्थिक सहयोग गर्ने घोषणा पनि गरेका थिए ।

कार्यक्रममा संघका महासचिव दयानिधि भण्डारीले वृृद्धअवस्था हुनु कुनै पाप नभएर प्राकृतिक नियम भएको बताउदै घर, सामाज र राष्ट्रले वृद्धवृद्धालाई हेय दृष्टिकोणले हेर्न नहुने धारणा रखेको थिए ।

सास्कृतिक कार्यक्रमको रन्को

मेलाको मनोरञ्जनात्मक कार्यक्रम अन्तरगत सांस्कृतिक प्रस्तुती तथा प्रतियोगिताहरु कतिपय सकिएका छन् भने कतिपयको छनौट चरण अन्तिममा पुगेका छन् । राष्ट्रिय लोक दोहोरी गित प्रतियोगिताको फाइनल आइतवार भएको छ भने शनिवारबाट भजन प्रतियोगिता सकिएको छ । भजन प्रतियोगितामा लुम्बिनी प्रदेशका १६ समूहले प्रतिष्पर्धा गरेका थिए ।

यता डान्स आइडल–२०८० प्रतियोगिता अन्तरगत अन्तिम टप ४ गायकको प्रस्तुती आइतवार भएको छ । शनिवार प्रतियोगितामा टिवंकल श्रेष्ठ, सतिष सेञ्चुरी, आरोहि काउचा, निसिंम झेडि र आकृति परियार टप ५ सम्म पुगेका प्रतियोगिले आफ्नो प्रस्तुती राखेकोमा आइतवार एक जना छनौटबाट बाहिरिएका छन् । भोटिङका आधारमा छनौट हुने प्रतियोगितामा अब टप ४ का प्रतियोगिहरुको प्रस्तुति आइतवार राखेका छन् । प्रतियोगिताको फाइनल भिडन्त पुष १८ गते हुनेछ ।

स्थानीय तथा राष्ट्रिय कलाकारहरुको एकल प्रस्तुती अन्तरगत आइतबार लोक दोहोरी गायक खुमन अधिकारी, बैकुण्ठ महत, नारायण विसी, लोकदोहोरी गायिकारुपा घर्तिमगर, लाल माया थापा र कोपिला न्यौपानेले दर्शक नचाएका थिए । कार्यक्रम सञ्चालनतर्फ आइडल उद्घोषक गोपाल अधिकारी र उद्घोषक आविस्कार खनाल रहेका थिए ।

प्रकाशित मिति : १५ पुस २०८०, आइतबार  ७ : ०६ बजे

इलाममा ४३ मत मात्र आएपछि कमल थापाको स्पष्टीकरण- संगठन कमजोर थियो !

काठमाडौं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले इलाममा पार्टी कमजोर

रुपन्देहीमा पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता हुने

बुटवल । जिल्ला भलिबल संघ रुपन्देहीको आयोजनामा अन्तरपालिका पुरुष भलिबल

गुगलको पाइथान टिम बर्खास्त

काठमाडौं । टेक कम्पनी गूगलले पछिल्लो समय आफ्नो पुरा पायथन

उत्तराखण्ड सरकारद्वारा पतञ्जलीका १४ उत्पादनको लाइसेन्स खारेज

काठमाडौं । उत्तराखण्ड सरकारले बाबा रामदेवको पतञ्जलीका १४ उत्पादनको लाइसेन्स

म्याग्दीको अन्नपूर्णमा तीन खानेपानी आयोजना निर्माण

म्याग्दी । गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा जिल्लाको अन्नपूर्ण गाउँपालिकामा तीनवटा