९ कार्तिक २०८३, सोमबार | October 26, 2026

लुम्बिनी एक्स्पो-२०८० को १० औं दिन : चिसो मौसमसंगै दर्शकको भिडले तात्यो



बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा पुष ५ गतेबाट ‘स्वरोजगार आत्म निर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा सञ्चालन भइरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाको १० औं दिन आज शनिवार मेलाको अवलोकन गर्न ठूलो संख्यामा अवलोकनकर्ताहरु प्रदर्शनी स्थल पुगेका छन् । मेला सचिवालयका अनुसार प्रदर्शनी स्थलमा दर्शकहरुको ओइरो लाग्नपुग्यो । सार्वजनिक विदा परेका कारण दर्शकहरुको भिड अत्याधिक भएको थियो ।

मेला अवलोकन गर्न धेरै आउने पूर्व अनुमान गर्दै दर्शकहरुलाई टिकट लिन कुनै असहजन होस भन्दै आयोजकको तर्फबाट टिकट काउन्टरबाट अन्य दिन भन्दा थप नयाँ काउन्टर स्थापना गरी टिकट बिक्री गरिएको थियो । मेला हेर्न अवलोकनकर्ताहरु बिहान ९ बजेदेखि टिकट काउन्टरमा लाइनमा बसेका थिए । दर्शकहरुको भिड बढेपछि लाइन व्यवस्थापन गर्दै सहज रुपमा प्रदर्शनी स्थलमा छिर्न मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका संयोजक तथा सदस्यहरु सक्रिय भएका थिए । आज मेला अवलोकन गर्न भिड बढ्ने अनुमान गर्दै पूर्व आवश्यक तयारी गरिएको थियो ।

आजको दर्शकहरुको उपस्थितिले हाम्रो आयोजना पूर्ण सफलता तर्फ अगाडि बढेको बताउदै मुल समितिका संयोजक कृष्ण प्रसाद घिमिरेले आफुहरु उत्साहित बनाएको बताए । उनले रुपन्देही व्यापार संघको मेला सधै ऐतिहासिक बन्ने गरेको जिकिर गर्दै यस पटकको मेलाले १० औं दिनमा नै उचाई समातेको दावी गरे । आधुनिक प्रदर्शनी केन्द्रमा नयाँ व्यवस्थापनका साथ आयोजना गरिएको कार्यक्रममा दर्शकहरुले कुनै पनि प्रकारको समस्या झेल्नु नपरेको जनाइएको छ ।

एक्स्पो हेर्न आएका दर्शकहरुको भिड अत्याधिक बढेपछि टिकट काउण्टर बढाएर टिकट विक्री गरी सहजता प्रदान गरेको मेलाका सदस्य सचिव दयानिधि भण्डारीले बताए । यस पटक मण्डपमा एकै पटक ५० हजार दर्शक रहन सक्ने क्षमता भएका कारण व्यवस्थापन सहज भएको थियो । मण्डप भित्रका दर्शकहरुलाई बाहिर निस्कनका लागि २ वटा छुट्टै निकासको व्यवस्था गरिएको थियो । दर्शकहरुको भिडका कारण बुटवल मण्डप पुरै भरिएको थियो । गेटबाट अवलोकनका लागि छिरेका दर्शकहरु स्टल हुँदै मञ्च रहेको खाली मैदानमा र बाल मनोरञ्जन क्षेत्रमा पुगेका थिए ।

मेला मुल आयोजक समितिका सहसंयोजक दिपक अधिकारीका अनुसार आज प्रदर्शनीमा उर्लेको दर्शकहरुको भिडले मेलालाई दर्शकहरुको अपार माया प्राप्त भएको र आगामी दिनका कामक ालागि हौसला थपेको बताए । अधिकारीले मेला अवलोकन गर्न आउने दर्शकहरुलाई सके सम्म कुनै प्रकारको समस्या नपरोस भन्ने कुरामा ध्यान दिएको र कुनै पनि प्रकारको दुर्घटना नभएको भन्दै खुशी व्यक्त गरे ।

सुरक्षा व्यवस्था समितिका संयोजक अर्जुन भट्टराईले मेमामा भिड बढ्ने पूर्व अनुमान गर्दै सुरक्षाको पाटोलाई निकै गम्भिर रुपमा लिएर व्यवस्थापन गरेको बताए । अन्यदिनको तुलनामा बढी सक्रिय हुनु परेको एवं निकै सचेत र चनाखो भएर काम गरेका कारण कुनै अप्रिय एवं मानविय तथा भौतिक क्षतिका घटना नभएको उनले बताए । उनले सुरक्षा व्यवस्था कायम गर्न प्रदर्शनीमा खटी सहयोग पु¥याएकोमा सुरक्षा निकायका सबै प्रति आभार पनि व्यक्त गरे ।

प्रकाशित मिति : १४ पुस २०८०, शनिबार  ६ : २४ बजे

बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि

इलाममा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना