९ कार्तिक २०८३, सोमबार | October 26, 2026

लुम्बिनी एक्स्पो-२०८० को छैठौं दिन : प्रिती आलेले नचाइन दर्शकलाइ



बुटवल । रुपन्देही व्यापार संघको आयोजनामा पुष ५ गतेबाट ‘स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार, सहरदेखि गाउँसम्म व्यापार विस्तार’ भन्ने मूल नाराका साथ बुटवल मण्डपमा सञ्चालन भइरहेको लुम्बिनी एक्स्पो २०८०, अन्तराष्ट्रिय व्यापार मेलाले ६ दिन पार गरेको छ । छैठौंं दिन मंगलवार मेलाको अवलोकन गर्न ठूलो संख्यामा अवलोकनकर्ताहरु प्रदर्शनी स्थल पुगेका थिए । मेला सचिवालयका अनुसार मंगलवार सबैभन्दा धेरै दर्शकहरु आउनुकासाथै उल्लेख्य रुपमा आर्थिक कारोवार भएको छ ।

सार्वजनिक विदाको दिन परेका कारण दर्शकहरुको बाक्लो उपस्थितिका कारण मुख्य प्रवेशद्वारमा लाइन मिलाउन र टिकट चेक गर्नका लागि थप कर्मचारी एवं सुरक्षाकर्मीहरु परिचालन गर्नु परेको मेला सुरक्षा समितिका संयोजक अर्जुन भट्टराईले जानकारी दिए । अवलोकनकर्ताहरु विहानैबाट टिकटका लागि लाइनमा बसेका थिए । मेलामा १ वजेपछि निकै बाक्लो उपस्थिति रहेको थियो । बिहान १० बजेबाट नै टिकट विक्रिका लागि काउन्टर खुल्ला गरिएको थियो ।

मेला सचिवालयका अनुसार मंगलवार मात्र प्रदर्शनी हेर्नका लागि १ लाख दर्शक आएको अनुमान गरिएको छ । मेलाको मुख्य प्रवेशद्वारबाट स्टल क्षेत्रसम्म पुग्ने करिव २ सय मिटरको बाटो अवलोकल कर्ताहरुले भरिएको थियो । प्रदर्शनी स्थलमा निमार्ण गरिएको स्टलमा हिडडुल गर्नका लागि फराकिलो बाटो र प्रवेशद्वारहरुको व्यवस्था गरिएको हुदा कुनै प्रकारको समस्या नपरेको स्टल निमार्ण उपसमितिका संयोजक तथा मेला मुल समितिका उपसंयोजक प्रकाश ढकालले बताए । मंगलवार अन्य दिनको तुलनामा व्यापार पनि धेरै भएको स्टल धनीहरुले बताएका छन् । अवलोकनका लागि आएका दर्शकहरुले खाद्यान्न, कपडा, कस्मेटीक, साबुन, चिया तथा कृषि उत्पादनका स्टलहरुमा बढी चासो दिएर हेर्नुका साथै खरिद पनि गरेको बताइएको छ । मंगलवार मात्र करिव १ करोडको आर्थिक कारोवार भएको अनुमान गरिएको छ ।

मेलाको आर्कषणको केन्द्र सांस्कृतिक कार्यक्रममा विविधि प्रतियोगिता र कलाकारहरुको प्रस्तुतिमा दर्शकहरु मन्त्रमुग्ध बनेका थिए । मनोरञ्जनात्मक कार्यक्रमका लागि राष्ट्रिय चर्चित कलाकारहरुको उपस्थितसंगै स्थानिय कलाकारको प्रस्तुतिमा दर्शकहरु रमाएका थिए । अन्तरगत सांस्कृतिक प्रस्तुति तथा प्रतियोगिताहरु रोचक बन्दै गएका छन् । मंगलवार सांस्कृतिक कार्यक्रमतर्फ चर्चित आधुनिक गायीका प्रिती आलेको प्रस्तुतिमा दर्शकहरुले निकै रमाइलो गर्दै नाचेका थिए । त्यसैगरि गायक विधान कार्कि, गायिका रितु थापा, गायक रामप्रसाद पाण्डे र हास्य कलाकार टिकाराम साहित्यको प्रस्तुतिले पनि दर्शकलाई बाधेर राखेको थियो ।

बुधवारको आर्कषणमा चर्चित हास्य कलाकार राजा राजेन्द्र पोखरेल, गायीका सपना गाहा मगर, गायक दामोदर वस्याल, गायीका विन्दु परियार, डान्सर बविता बोहोराको प्रस्तुति रहने छ ।

मेलाको सांस्कृतिक उपसमितिका संयोजक प्रकाश पौडेलका अनुसार दोहोरी गित प्रतियोगिता अन्तरगत प्रितम पोखरेल–सर्मिला विसी(काठमाडौं) र गोधुली रोधि साझ, बुटवलकावीच प्रतिस्पर्धा भएको छ । त्यसैगरि मंलगवारबाट भजन प्रतियोगिता पनि सुरु भएको छ । पहिलो दिन ४ वटा टिमले आफ्नो प्रस्तुति राखेका छन् र बुधवार ६ वटा टिमको प्रस्तुति रहने छ ।

डान्स आइडल २०८० अन्तरगत सोमवार टप ९ को प्रस्तुति रहेकोमा त्यसबाट मंगलवार भोटिङको आधारमा एक जना बाहिरिएका छन् ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  ७ : १९ बजे

बबरमहलको आकाशे पुल यसै हप्तादेखि सञ्चालनमा आउने

काठमाडौं । काठमाडौंको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा

आजदेखि सुरु हुने तेस्रो संस्करणको एनपीएलको उद्घाटन प्रधानमन्त्री शाहले गर्ने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण आजदेखि

इलाममा बोलेरो जीप दुर्घटना, चालकको मृत्यु

इलाम । आज बिहान इलाममा सवारी साधन बोलेरो दुर्घटना हुँदा

रामारोशनको किनिमिनी मैदानमा क्रिकेट प्रतियोगिता हुँदै

अछाम । सुदूरपश्चिम प्रदेशकै प्रमुख पर्यटकीय गन्तव्यका रूपमा परिचित अछामको

कोजाग्रत पूर्णिमा : धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना सम्पन्न, राति जाग्राम बसिँदै

काठमाडौं । धन धान्यकी देवी महालक्ष्मीको आइतबार सायंकालमा पूजा आराधना