२८ बैशाख २०८१, शुक्रबार | May 10, 2024

चेपाङ गाउँमा घरबास सञ्चालन



चितवन । चितवनको दुर्गम पहाडी भेगमा विदेशी पर्यटक भित्र्याउन चेपाङ घरबास (होमस्टे) सञ्चालनमा ल्याइएको छ । सपना भिलेज सोसल इम्प्याक्ट सौराहाको आर्थिक सहयोगमा धादिङको हुग्दीखोला हुँदै चितवनको सौराहासम्मको पद मार्गमा पर्ने दुई चेपाङ बस्तीमा घरबास सञ्चालनमा आएको हो ।

इच्छाकामना-२ तोवाङ र इच्छाकामना-१ भाराङमा चेपाङ घरबास सञ्चालनमा ल्याएको सपना भिलेज सोसल इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले जानकारी दिए । उनले पृथ्वीराजमार्गअन्तर्गत धादिङको हुग्दीखोलाबाट चितवनको इच्छाकामना-२ काउले तोवाङ, हात्तीवाङ, सिराइचुली, वडा नम्बर १ को भाराङ चौकीडाँडा र कालिका नगरपालिकाको शक्तिखोर हुँदै सौराहासम्मको पद मार्गमा आउने पर्यटकलाई लक्षित गरी चेपाङ घरबास सञ्चालन गर्न स्थानीयलाई सहयोग गरिएको जानकारी दिए ।

चेपाङ समुदायको आयस्तर वृद्धिका लागि थप घरबास सञ्चालन गर्न सपना भिलेजले आर्थिक सहयोग र तालिम उपलब्ध गराउने बताए । उनले भने, “यहाँका चेपाङ समुदायको आयस्तर वृद्धिका लागि इच्छुकलाई घरबास सञ्चालन गर्नका लागि हामी आर्थिक सहयोग र तालिम प्रदान गर्नेर्छौं, विशेष गरी विदेशी पर्यटकको रहनसहनबारे जानकारी गराउने, पर्यटकलाई गर्ने व्यवहार, सरसफाइलगायतका बारेमा तालिम प्रदान गर्ने योजना छ ।”

रिक्सजा ट्राभल एजेन्सी नेदरल्याण्ड्सका प्रमुख मारियस एप्पलम्यानले हालै इच्छाकामना-२ तोवाङका तिलु चेपाङद्वारा सञ्चालित घरबास शुभारम्भ समेत गरे । सो अवसरमा उनले चेपाङ सुमदायको संस्कार संस्कृति तथा जीवनयापनबारे जान्न पाउँदा निकै खुसी लागेको सुनाए । साथै उनले यो पद मार्ग नेपालकै उत्कृष्ट बन्न सक्ने सम्भावना भएको बताए । उनले भने, “यो पद मार्ग नेपालकै उत्कृष्ट बन्ने सम्भावना छ, यहाँको चेपाङ सुमदायको रहनसहन संस्कार संस्कृतिबारे जान्न र बुझ्न पनि पाइन्छ ।”

घरबास सञ्चालिका तिलुले घरबास सञ्चालन गर्ने आफ्नो इच्छा पूरा गरिदिएकामा सपना भिलेजलाई धन्यवाद दिए । सो सस्थाले यस पद मार्गको सम्भाव्यताबारे अध्ययन गर्न गत वर्ष पनि रिक्सजा ट्राभल एजेन्सी न्यादरल्यण्ड्सका प्रमुख एप्पलम्यानलाई भ्रमण गराएको थियो । यस पद मार्गको दुई रात तीन दिनको रहेको सस्थाका अध्यक्ष गिरीले जानकारी दिए । नेदरलयाण्डसहित जर्मन, अमेरिका, फ्रान्सलगायतका देशका पर्यटक भित्र्याउने लक्ष्यका साथ यो पद मार्गको प्रचारप्रसारमा लागिरहेको उनले बताए ।

उनले भने “पर्यटकको आवागमन बढेसँगै यहाँका चेपाङ समुदायको आयस्तर वृद्धि हुने छ ।” सपना भिलेजले चितवनको चेपाङ समुदायको उत्थानका लागि विभन्न कार्यक्रम सञ्चालन गरिरहेका छन् । शिक्षा र स्वास्थ्यलगायतका क्षेत्रमा काम गरिरहेको सपना भिलेजले पर्यटनमार्फत ती समुदायको आयस्तर वृद्धि गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ८ : ३६ बजे

कोशीमा केदार कार्कीको पक्षमा सर्वोच्चले दिएन अन्तरिम आदेश

काठमाडौं । कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री केदार कार्कीले दायर गरेको

संसदीय छानबिन समिति गठन नगरेसम्म संसद चल्दैन : गगन थापा

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद बैठक अवरुद्ध गरेको

सिद्धार्थ बोर्डिङमा ‘डिके तामाङ मेमोरिएल सेभेन ए साइड फुटबल प्रतियोगिता’ सुरु

बुटवल । तिलोत्तमाको सिद्धार्थ ईङ्गलिस बोर्डिङ स्कूलमा शुक्रबारदेखि ‘डिके तामाङ

दिल्लीका मुख्मन्त्री केजरीवाललाई रिहा गर्न भारतको सर्वोच्च अदालतको आदेश

नयाँ दिल्ली । भारतको सर्वोच्च अदालतले शुक्रबार कारागारमा रहेका प्रधानमन्त्री

प्रतिनिधिसभा बैठकमा कांग्रेसको अवरोध, रोष्टममै पुगेर नाराबाजी

काठमाडौं । वर्षे अधिवेशनको पहिलो दिनमै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले