१६ बैशाख २०८१, आइतबार | April 28, 2024

शशि-जसुदा स्मृति पुरस्कार गुठीद्वारा बागलुङको अमलाचौरस्थित पृथ्वी हिरण्य माविका विद्यार्थीलाई पुरस्कार वितरण



बागलुङ । बागलुङको अमलाचौरमा रहेको शशी-जसुदा स्मृति पुरस्कार गुठीले अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।

विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर सो पुरस्कार वितरण गरिएको हो ।

पूर्वशिक्षामन्त्री एवं विद्यालयका पूर्वप्रधानाध्यापक दीनानाथ शर्माले आफ्ना स्वर्गीय पिता र माताको स्मरणमा विसं. २०५८मा सो पुरस्कार गुठीको स्थापना गरेका थिए । विद्यालयमा अध्ययन गरेर २०७४ देखि २०७९को एसईई परीक्षामा सामेल भै उत्कृष्ट अंक हासिल गरेका छात्र, छात्रा र दलित तर्फबाट उत्कृष्ट अंक हासिल गर्ने २२ जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । प्रतिविद्यार्थी २ हजार राशीको सो पुरस्कार र प्रमाणपत्र विद्यार्थीका अभिभावले ग्रहण गरेका थिए ।

हरेक वर्ष प्रदान गर्नुपर्ने पुरस्कार दिन ढिलाई भएका कारण यस वर्ष ६ वर्षको पुरस्कार एकैपटक वितरण भएको हो ।

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि दीनानाथ शर्माले शैक्षिकस्तर सुधार गर्न धेरै मेहनत र परिश्रमको जरूरी रहेको बताए । आफुले विद्यालय स्थापना गर्दाको अवस्थालाई स्मरण गर्दै शर्माले शैक्षिक स्तरोन्नतीका लागि योजना बनाएर अघि बढ्न आग्रह गरे । उनले आजको जमनामा प्राविधिक जनशक्ति उत्पादन गर्नसक्ने शिक्षाप्रणाली दिनुपर्ने बताए । माटो सुहाउँदो शिक्षा दिन, अनुशासन र नैतिवान बन्न सक्ने बन्न शिक्षकले विद्यार्थीलाई सिकाउनुपर्ने उनले बताए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न साँस्कृतिक कार्यक्रम समेत गरेको छ । कार्यक्रमलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, वडा नं. १२ का वडाअध्यक्ष कोपिलामणि शर्मा, पूर्व विद्यार्थी, पूर्व शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए । विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद रिजालले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ४ : २३ बजे

सम्पत्ति शुद्धीकरण मुद्दामा न्यौपानेलाई तीन वर्ष कैद

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ

आज राति कोसी, बागमती, लुम्बिनी, मधेस र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हावाहुरीको सम्भावना

काठमाडौं । आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित

गौशालामा आहारा खुवाएर बुटवल उपमहानगर कर्मचारी एशोसिएसनले मनायो २७ औँ स्थापना दिवस

बुटवल । शिवनगर सामुदायीक वनमा नन्दिनी गौशालामा रहेका गाई/गोरुहरुलाई आहारा

प्रधानमन्त्रीद्वारा मर्स्याङ्‍दी–काठमाडौं प्रसारण लाइन तथा मातातीर्थ सबस्टेसनको उद्घाटन

काठमाडौं । मर्स्याङ्‍दी नदी जलाधार क्षेत्रका जलविद्युत् आयोजनाको विद्युत काठमाडौ

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क