२५ बैशाख २०८३, शुक्रबार | May 8, 2026

शशि-जसुदा स्मृति पुरस्कार गुठीद्वारा बागलुङको अमलाचौरस्थित पृथ्वी हिरण्य माविका विद्यार्थीलाई पुरस्कार वितरण



बागलुङ । बागलुङको अमलाचौरमा रहेको शशी-जसुदा स्मृति पुरस्कार गुठीले अमलाचौरस्थित पृथ्वी हिरण्य माध्यमिक विद्यालयबाट एसईई उत्तीर्ण गरेका उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कृत गरेको छ ।

विद्यालयको ६४ औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर पारेर सो पुरस्कार वितरण गरिएको हो ।

पूर्वशिक्षामन्त्री एवं विद्यालयका पूर्वप्रधानाध्यापक दीनानाथ शर्माले आफ्ना स्वर्गीय पिता र माताको स्मरणमा विसं. २०५८मा सो पुरस्कार गुठीको स्थापना गरेका थिए । विद्यालयमा अध्ययन गरेर २०७४ देखि २०७९को एसईई परीक्षामा सामेल भै उत्कृष्ट अंक हासिल गरेका छात्र, छात्रा र दलित तर्फबाट उत्कृष्ट अंक हासिल गर्ने २२ जना विद्यार्थीलाई पुरस्कृत गरिएको छ । प्रतिविद्यार्थी २ हजार राशीको सो पुरस्कार र प्रमाणपत्र विद्यार्थीका अभिभावले ग्रहण गरेका थिए ।

हरेक वर्ष प्रदान गर्नुपर्ने पुरस्कार दिन ढिलाई भएका कारण यस वर्ष ६ वर्षको पुरस्कार एकैपटक वितरण भएको हो ।

विद्यालयको वार्षिकोत्सव कार्यक्रममा प्रमुख अतिथि दीनानाथ शर्माले शैक्षिकस्तर सुधार गर्न धेरै मेहनत र परिश्रमको जरूरी रहेको बताए । आफुले विद्यालय स्थापना गर्दाको अवस्थालाई स्मरण गर्दै शर्माले शैक्षिक स्तरोन्नतीका लागि योजना बनाएर अघि बढ्न आग्रह गरे । उनले आजको जमनामा प्राविधिक जनशक्ति उत्पादन गर्नसक्ने शिक्षाप्रणाली दिनुपर्ने बताए । माटो सुहाउँदो शिक्षा दिन, अनुशासन र नैतिवान बन्न सक्ने बन्न शिक्षकले विद्यार्थीलाई सिकाउनुपर्ने उनले बताए ।

वार्षिकोत्सवको अवसरमा विद्यालयले विभिन्न साँस्कृतिक कार्यक्रम समेत गरेको छ । कार्यक्रमलाई बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्का, वडा नं. १२ का वडाअध्यक्ष कोपिलामणि शर्मा, पूर्व विद्यार्थी, पूर्व शिक्षक, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूले सम्बोधन गरेका थिए । विद्यालयका प्रधानाध्यापक बुद्धिप्रसाद रिजालले वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

प्रकाशित मिति : ९ पुस २०८०, सोमबार  ४ : २३ बजे

अवरुद्ध नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालन

काठमाडौं । नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा आएको छ । तुइन खोलानजिकै

संघीय संसदका तीन समितिको बैठक आज बस्दै

काठमाडौं । संघीय संसद्अन्तर्गत आज तीन वटा समितिको बैठक बस्ने

हर्क साम्पाङ र सुदन किरातीबीच पार्टी एकतामा सैद्धान्तिक सहमति, आज औपचारिक घोषणा गरिने

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र पूर्वमन्त्री

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं । विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा राखियो

बागलुङ । नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा