१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

पूर्वराजा ज्ञानेन्द्रकाे रोजाइमा बुटवलको ड्रिम इन्टरनेशनल होटल



बुटवल । एक हप्ता लामो भ्रमण कार्यतालिका लिएर रुपन्देही आएका पूर्वराजा ज्ञानेन्द्र शाहले मगलबार बुटवलको कालिकापथ मिलनचोकमा रहेको ड्रिम इन्टरनेश्नल होटलमा २ घण्टा लामो समय बिताएका छन् । लुम्बिनी प्रदेशका विभिन्न धार्मिक तथा पर्यटकीय स्थलको भ्रमण तालिकासहित सोमबार रुपन्देही आइपुगेका शाह परिवारसहित भैरहवा बसेपनी खाना खान बुटवलमा आएका हुन् ।

यहाँका सुरक्षा निकायहरुलाई समेत जानकारी नै नदिई दिउँसो १२ बजे बुटवल आइपुगेका शाह परिवार २ बजेपछि मात्रै भैरहवा फर्केको थियो । भिडभाड र सुरक्षा झमेलाभन्दा टाढा रहेर शान्त वातावरणमा व्यतित गर्ने चाहना अनुसार यहाँका सुरक्षा निकायहरुलाई समेत जानकारी नदिई पूर्वराजा बुटवलमा आएको उनको सचिवालयले जानकारी दियो । यद्यपि पूर्व राजा आएको आधा घण्टापछि मात्रै यहाँका सुरक्षा निकाय खटिन आएको थियो ।

पूर्वराजा शाहले भैरहवालाई मुकाम बनाएर लुम्बिनी प्रदेशका रुपन्देहीका साथै कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाका धार्मिकस्थलको अवलोकन गर्ने बताइएको छ ।

उनको भ्रमण तालिका र सार्वजनिक गरिएको छैन । उनी १९ गतेसम्म बस्ने कार्यक्रम रहेको बताइएको छ । पूर्वराजा शाह पत्नी कोमल राज्य लक्ष्मी देवी शाहसहित परिवारका साथ धार्मिक कार्यक्रममा लागि रुपन्देही आएका हुन् ।

प्रकाशित मिति : १० पुस २०८०, मंगलबार  २ : ५१ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा