९ बैशाख २०८३, बुधबार | April 22, 2026

जेनजी आन्दोलनमा आगजनी गरिएको बुटवलको ड्रिम इन्टरनेशनल होटल अनाथहरुलाई खाना खुवाउँदै पुनः सञ्चालन



बुटवल । गत भदौं २३ र २४ गते जेनजी आन्दोलनकारीले आगजनी गरेको बुटवलस्थित ड्रिम इन्टरनेशनल होटेलले अनाथ तथा अपाङ्गहरुलाई खाना खुवाउँदै मंगलबारदेखि पुनः सेवा सञ्चालनमा ल्याएको छ । होटलका सञ्चालक पर्यटन व्यवसायी तथा समाजसेवी गोपाल रानाले बुटवलको देविनगरस्थित आपाङ्ग आश्रमका आश्रितहरुलाई होटलमा ल्याएर खाना खुवाउँदै सेवा पुनः सञ्चालन गरिएको घोषणा गरे ।

यस होटलमा ६० जना बढी युवाहरु रोजगाररत छन् । तोडफोड तथा आगजनी गरिएको होटलमा सरसफाई तथा मर्मतको काम जारी रहेको बताउँदै सञ्चालक रानाले क्षतिको बारेमा सम्पूर्ण विवरण संकलन गर्ने काम भैरहेको उल्लेख गरे । आन्दोलनका क्रममा घुषपेठ गर्दै केही अराजक तत्वहरुले निजी तथा सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने काम निन्दनीय भएको बताउँदै उनले दोषीलाई राज्यले कानूनी कारबाही गर्ने विश्वास व्यक्त गरे । जेनजी आन्दोलन र उनीहरुको मागप्रति आफ्नो पूर्ण समर्थन र सहयोग रहेको समेत उल्लेख गरे । यद्यपी आन्दोलनका क्रममा केही अराजक कत्वहरुले आफूलाई कुनै अमुक नेताको नामसँग जोडेर गलत अफवाह फैलाइएकोप्रति दुःख व्यक्त गरे । हालसम्म कुनै सार्वजनिक लाभको पदमा नरही नितान्त व्यवसायिक क्षेत्रमा क्रियाशिल रहेको अवस्थामा आफ्नो बारे गलत अफवाह फैलाइएको गुनासो गरे ।

वि.स. २०४८ सालदेखि करिब २ वर्ष जागिरे जीवन, एक दशक बढी निर्माण व्यवसायी र वि.स. २०६१ सालदेखि हालसम्म निरन्तर पर्यटन व्यवसायीको रुपमा काम गर्दै आएका रानाले बुटवल-९ कालिकापथमा तारे होटल सरहको सेवासुविधासहित ड्रिम इन्टरनेशनल होटल सञ्चालनमा ल्याएका थिए ।

श्रीमतीलाई ससुरालीले दिएको जग्गा र जेठानको जग्गा समेत जोडर बैंकको ऋण लगानीमा होटल स्थापना गरेको सञ्चालक रानाले बताए । होटल सञ्चालनका लागि अहिले पनि करोडौं रकम ऋण रहेको बताउँदै उनले कुनै नेताको लगानी नभएको र नितान्त आफ्नो र परिवारको मेहनतले व्यवसाय गरिरहेको अवस्थामा अराजक तत्वहरुले गलत अफवाह फैलाएको गुनासो गरे ।

यस क्षेत्रका विभिन्न सामाजिक क्रियाकलापहरुमा समेत जोडिँदै आएका रानाले तिलोत्तमामा सञ्चालन गर्दै आएको ड्रिमल्याण्ड गोल्ड रिसोर्टमा समेत आन्दोलनकारीहरुले तोडफोड, लुटपाट तथा आगजनी गरी पूर्ण क्षति पुर्याएका छन् । एक सय जना युवाहरुलाई रोजगार दिँदै आएको ड्रिमल्याण्ड होटलमा पुनः निर्माणको काम जारी रहेको बताउँदै सञ्चालक रानाले दशै लगत्तै नियमित सेवा सञ्चालनको तयारीमा रहेको जानकारी दिए । आफ्ना दुबै होटलमा आगजनी तथा तोडफोड गरेर करोडौंको क्षति पुगे पनि त्यहाँ कार्यरत कर्मचारीहरुलाई बेरोजगार नबनाउने सञ्चालक रानाले प्रतिवद्धता गरेका छन् । ‘वर्षौदेखिको मेहनत र पसिना खरानीमा परिणत हुँदा म मात्रै होइन, मेरा कर्मचारीहरु पनि उत्तिकै दुःखीत हुनुहुन्छ । यस्तो अवस्थामा पनि उहाँहरुले मलाई साथ नै दिइरहनु भएको छ ।’- सञ्चालक रानाले भने, ‘होटल खरानी भएपनि मैले उहाहरुको साथ छोड्ने छैन । यहाँ कार्यरत कुनै पनि कर्मचारीलाई बेरोजगार बनाउने छैन, यो मेलै प्रतिवद्धता गरेको छु ।’

तोडफोडबाट भएको क्षति बारे प्राविधिक परीक्षणको काम जारी रहेको बताउँदै उनले एकिन विवरण निकाल्ने र दोषीमाथि कारबाही प्रक्रिया अघि बढाउने काम भैरहेको बताए । सञ्चालक रानाले रुपन्देहीसहित देशभरका सार्वजनिक सम्पत्ति, व्यक्तिको निजी सम्पत्ति तथा व्यवसायिक प्रतिष्ठानहरुमा गरिएको लुटपाट, आगजनी र तोडफोड गर्ने व्यक्तिहरुलाई राज्यले कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरे । निजी क्षेत्रमा भएको आक्रमणले लगानीकर्ताहरु हतोत्साहित भएको बताउँदै राज्यले सुरक्षाको प्रत्याभूति दिन सक्नुपर्नेमा जोड दिए । मुलुकमा लगानीको वातावरण बन्दा थप बढी आर्थिक संकट, बेरोजगारी र अराजकता फैलिनेप्रति राज्यले सचेत हुनुपर्ने उनको धारणा छ ।

प्रकाशित मिति : ७ आश्विन २०८२, मंगलबार  ५ : ०४ बजे

गर्मी बढेसँगै बाँकेमा देखिन थाले विषालु सर्प

नेपालगन्ज । गर्मी बढेसँगै बाँकेमा विभिन्न प्रजातिका विषालु सर्प देखिन

सबैलाई साथमा लिएर महाधिवेशन सफल बनाइने

मोरङ । नेपाली कांग्रेसका सभापति गगन थापाले १५ औँ महाधिवेशन

बुटवलमा असुरक्षित गर्भपतन प्रकरण : थप २ जना चिकित्सक पक्राउ

बुटवल । बुटवलमा असुरक्षित गर्भपतन गराएको आरोप लागेका २ जना

पश्चिम नवलपरासीमा आगलागी हुँदा बाह्र घर जले

नवलपरासी । पश्चिम नवलपरासीको प्रतापपुर-५ भैरमपुरका १२ घर जलेका छन्

सुदन किराँतीद्वारा प्रलोपा परित्याग

काठमाडौं । सुदन किराँती ले प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) परित्याग